काठमाडौं/ उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिए पछि शुक्रबार राती ९ बजे उनले सामाजिक सञ्जाल फेसबुकमा ‘अहिले नै गिरफ्तारी दिँदैछु’ लेखेका छन् ।
न्यायाधीश रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले सहकारी ठगी सम्बन्धी कसुर र संगठित अपराधसम्बन्धी मुद्दामा लामिछानेलाई धरौटीमा रिहा गर्ने जिल्ला अदालत रुपन्देहीको आदेश उल्ट्याएको हो ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदै छु। साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । म माथि ठुलो अन्याय भएको छ’, उनले भनेका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित