सुर्खेत/ जाजरकोटको कुशे गाउँपालिकाको पैङ्क आसपास केन्द्रबिन्दु भएर आज साँझ दुई पटक भूकम्पको धक्का महसुस भएको छ ।
प्रथम पटक ०८ः०७ बजे ५ दशमलव २ म्याग्निच्युडको भूकम्पको धक्का महसुस भएको मापन केन्द्र सुर्खेतका कार्यालय प्रमुख चिन्तन तिम्लिसेनाले जानकारी दिनुभयो ।
त्यसैगरी दोस्रो भूकम्प पनि सोही केन्द्रबिन्दु भएर ०८ः१० बजे ५ दशमलव ५ म्याग्निच्युडको भूकम्पको धक्का गएको उहाँले बताउनुभयो ।
यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो ।
त्यस्तै चैत १३ गते हुम्ला कालिका भएर भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित