रुपन्देही/ जिल्ला अदालत रुपन्देहीले सहकारी ठगी प्रकरणमा रवि लामिछानेलाई जमानतमा रिहा गर्ने आदेशलाई बदर गर्दै उच्च अदालत तुलसीपुरको बुटवल इजलासले थुनामा पठाउने आदेश गरेको छ।
लामिछाने जिल्ला अदालत रुपन्देहीबाट १ करोड धरौटीमा रिहा भएका थिए । लामिछानेले एक करोड धरौटी खारेजी र साधारणा तारेखमा छाड्नुपर्ने भन्दै फागुन २६ गते उच्च अदालत तुलसीपुर बुटवल इजलासमा निवेदन दिएका थिए ।
यसैगरी सरकारी वकिलको कार्यालयले भने फागुन १ मै लामिछानेलाई एक करोड धरौटीसहित तारेखमा रिहा गर्ने जिल्ला अदालतको आदेशविरुद्ध निवेदन दिएको थियो।
अदालतका सूचना अधिकारी यमप्रसाद बाँस्कोटाका अनुसार न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले शुक्रबार पूर्व उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेको हो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित