संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यः गृहमन्त्री लेखक

काठमाडौँ/ गृहमन्त्री रमेश लेखकले अराजकतामार्फत संविधान र व्यवस्थाप्रति वितृष्णा फैलाउने उद्देश्यका साथ पूर्वराजाका समर्थकहरुले तीनकुनेमा हिंस्रक घटना घटाएको बताउनुभएको छ ।

आज प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा भएका घटनाको निष्पक्ष छानबिन हुने बताउनुभयो ।

उहाँले आगामी दिनमा संविधान र व्यवस्था विरोधी अराजक गतिविधिलाई कानुनको दायरामा ल्याई नागरिकमा सुरक्षाको प्रत्याभूति दिलाउने र लोकतान्त्रिक अधिकारको उपभोग गर्न पाउने वातावरण निर्माणमा सरकार थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

“शान्तिपूर्वक भेला हुन पाउने संविधानप्रदत्त अधिकारको अवमूल्यन हुनेगरी भएको तोडफोड, विध्वंश तथा आक्रमण कुनै राजनीतिक दर्शन, विचार र आदर्शबाट प्रेरित भएको थियो भनेर अनुमानसम्म गर्न सकिँदैन ।” उहाँले भन्नुभयो, “आगामी दिनमा यस प्रकारका गैरजिम्मेवार, अराजक र उद्दण्डतापूर्ण गतिविधि हुन नदिन सरकार प्रतिबद्ध छ । यस किसिमका अराजक गतिविधिमा संलग्न नहुन आम नागरिकहरूमा अनुरोधसमेत गर्दछु ।”

उहाँले यस्ता कार्य अक्षम्य र भत्र्सनायोग्य रहेको उल्लेख गर्दै यसको जिम्मा आयोजक र संलग्नहरूले लिनुपर्ने बताउनुभयो । लोकतन्त्र मास्न खोज्नेहरूको पहिलो निशानामा सञ्चार जगत् रहन्छ भन्ने कुरा खोजीखोजी सञ्चार गृहमा भएको आक्रमणबाट समेत पुष्टि हुने बताउँदै उहाँले सरकारले सञ्चारकर्मी र सञ्चारगृहको सुरक्षा प्रबन्ध मिलाउने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रमस्थलबाट अगुवा भनिएका व्यक्तिहरूले नै भीडलाई उत्तेजित बनाउनेगरी सबै साथीहरू परपर बसेर हेर्ने होइन, अगाडि बढ्नोस्, संसद् भवनलाई इङ्गित गर्दै बानेश्वरतर्फ अगाडि बढ्नुहोस्जस्ता निर्देशन दिएपछि अनियन्त्रित बनेको भीडलाई नियन्त्रणमा लिन प्रहरीले मौखिक रूपमा पटकपटक सचेत गराएको लेखकको भनाइ छ ।

प्रतिनिधिसभा सदस्य धवलशम्शेर राणासहित आपराधिक कार्यमा संलग्न १४८ जनालाई नियन्त्रणमा लिइएको जानकारी दिँदै मन्त्री लेखकले जसमध्ये ६६ जनामाथि जिल्ला अदालतबाट अनुमति लिई अनुसन्धान भइरहेको र अन्य ८९ जनालाई परिवार एवं आफन्तको जिम्मा लगाएर छाडिएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news