काभ्रेपलाञ्चोकमा खुकुरी देखाएर श्रृङ्खलाबद्ध डकैती गर्ने चार जना पक्राउ

काभ्रेपलाञ्चोक/ जिल्लाका विभिन्न स्थानमा हतियार देखाई श्रृङखलाबद्ध रुपमा लुटपाट गर्ने चार जना पक्राउ परेका छन्।

काभ्रेपलाञ्चोक प्रहरीले सिन्धुपाल्चोक बाह्रबिसेका बिरबहादुर तामाङ, बुद्धिमान तामाङ, ओखलढुंगा खिजितेम्बाका महेश कुमार खड्का र उदयपुर कटारीका राजुकुमार दनुवारलाई पक्राउ गरेको हो।

केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी) समेतको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकका प्रवक्ता एवं डिएसपी मिनबहादुर घलेले बताए।

उनीहरुलाई कम्तीमा पाँच वटा डकैती तथा लुटपाटमा संलग्न रहेको अभियोगमा प्रहरीले पक्राउ गरेको बताएको छ ।

प्रहरीले दिएको विवरणअनुसार उनीहरुले गत ११ भदौमा पनौती नगरपालिका–५ चौकोटस्थित गोपाल श्रेष्ठको नेवा ग्रिल हिल खाजा घरबाट खुकुरी देखाएर ४० हजार लुटेका थिए।

सोही दिन धुलिखेल– ९ रामकोटमा दिपक कुमार तामाङको सुन र नगद गरेर ६५ हजार लुटेको प्रहरीले जनाएको छ।

त्यस्तै, ४ माघमा बनेपा–३ टन्चोक मानेडाँडामा लोप्साङ तामाङले सञ्चालन गरेको लामा होमस्टेबाट तीन लाख २० हजार रुपैयाँ बराबरको लुटपाट गरेका थिए। खुकुरी र बञ्चरो देखाएर उनीहरुले लुटपाट गरेका थिए।

१३ माघमा बनेपा–४ रेडक्रस टोलमा सुकान्त बम्जनको घरमा प्रवेश गरी २० हजार बराबरको डकैती गरेका थिए।

पछिल्लोपटक गत ५ फागुनमा धुलिखेल–७ मा लासाङ गोलेले सञ्चालन गरेको आमा कृषि पशुपंक्षी बंगुर फार्ममा नक्कली पेस्तोल र खुकुरी देखाई सुनका गहना र मोबाइल लुटेका हुन्।

पक्राउ परेकाहरुलाई काभ्रेपलाञ्चोक जिल्ला अदालबाट २५ दिन थुनामा राखि अनुसन्धान गर्न म्याद लिइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments