त्रिवि केन्द्रीय क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका दीपकराज जोशी कडा प्रतिस्पर्धाबीच विजयी

काठमाडौं/ त्रिभुवन विश्वविद्यालयको कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा आज सम्पन्न निर्वाचनमा नेवि सङ्घका दीपकराज जोशी विजयी हुनुभएको छ ।

Lahachhap

कुल खसेको तीन हजार १०८ मतमध्ये उहाँले ७८९ मत प्राप्त गर्नुभएको थियो ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी अनेरास्ववियुका सिद्धान्त भट्टले ७८१ मत प्राप्त गर्नुभएको थियो ।

नेकपा माओवादी निकट अखिल क्रान्तिकारीका प्रविण दाहालले ७२७ प्राप्त गर्नुभएको छ भने स्वतन्त्र उम्मेदवार उज्ज्वल खड्काले ५१५ मत प्राप्त गर्नुभएको छ ।

सभापति बाहेक अन्य पदमा भने अनेरास्ववियुका उम्मेदवार विजयी भएका छन् ।

सचिवमा अनेरास्ववियुका हिक्मतकुमार बुढा र कोषाध्यक्षमा सञ्चमाया सुब्बा निर्वाचित हुनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments