नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजेल तथा मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय गरेको छ ।
निगमले सोमबार जारी गरेको विज्ञप्तिअनुसार भारतबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलको भाउ प्रतिलिटर ४५ पैसा बढेर आएको थियो । यस्तै डिजेल तथा मट्टितेलको भाउ भने प्रतिलिटर २ रुपैयाँ १५ पैसा घटेर आएको थियो ।
सोहीअनुसार पेट्रोलको भाउ कुनै घटबढ नभएपनि डिजेल तथा मट्टितेल को भाउ प्रतिलिटर २ रुपैयाँ घटाउने निर्णय भएको निगमको भनाइ छ ।
सोमबार मध्य रातीदेखि लागू हुने यो भाउ अनुसार अब काठमाडौँमा डिजेलको भाउ प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित