बागमती प्रदेश मन्त्रिपरिषद् बैठक: विधेयक मस्यौदाको लागि स्वीकृति

मकवानपुर/ बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदेश नीति तथा योजना आयोगको गठन तथा सञ्चालनको लागि विधेयक मस्यौदा तयार गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

आज बसेको बैठकले प्रदेश समपूरक अनुदानसम्बन्धी कार्यविधि २०८१ लाई स्वीकृति प्रदान गरिएको सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले जानकारी दिनुभएको छ ।

बैठकले प्रदेशको कामकाजको भाषा ऐन कार्यान्वयन भएको दिन, गाईजात्रा, चेपाङ समुदायको न्वागी र माझी समुदायको लदी पर्वको सन्दर्भमा विसं २०८२ मा थप चार दिन सार्वजनिक बिदा थप्ने निर्णय गरिएको पनि उहाँले बताउनुभयो ।

साथै, भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय प्रमुख राजु श्रेष्ठलाई बढीमा छ महिनाका लागि कायममुकायम भई काम गर्ने गरी जिम्मेवारी दिने निर्णय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments