भाटभटेनी लुटपाट गर्ने नौ जना पक्राउ, ब्ल्याक लेबलदेखि लिपिस्टिकसम्मका सामग्री बरामद

काठमाडौं/ भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड र लुटपाट घटनामा संलग्न रहेको आरोपमा ९ जना व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पूर्वराजा समर्थकहरूद्वारा शुक्रबार कोटेश्वरमा आयोजित प्रदर्शनका क्रममा भएको हिंसात्मक गतिविधिपछि भएको लुटपाटमा संलग्नहरूलाई प्रहरीले चैत १६ र १७ गते काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरू सबै कोटेश्वर र नरेफाँट क्षेत्रमै बसोबास गर्नेहरू रहेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका व्यक्तिहरूमध्ये धनुषा, सर्लाही, भारत, नुवाकोट, सुनसरी, सिन्धुपाल्चोक र सिन्धुली जिल्लाका स्थायी बासिन्दा रहेको खुलेको छ। उनीहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त बानेश्वरमा पठाइएको छ।

पक्राउ परेका व्यक्तिहरूबाट प्रहरीले लुटिएको सामग्रीसहितको विवरण सार्वजनिक गरेको छ।

बरामद सामान:

  • Black Label मदिरा थान-१ (1ltr )
  • Jack Daniels मदिरा थान-२ ( 2ltr) वियरको खाली बोतल थान -४
  • Yarchagumba Brand को मदिरा थान -१ ( 750ml)
  • ११ थान हाफ् पाइन्ट,१ थान ट्राउजर
  • १ थान ट्रे, १ थान क्यारेट
  • १ थान क्यारेट
  • फलफुल
  • लिपस्टिक थान- ६९, ऐना थान- १, गाजल थान- २१,
  • अन्य सामान थान- १२

प्रदर्शनको नाममा सार्वजनिक तथा निजी सम्पत्तिमा आक्रमण, लुटपाट र अनुशासनविहीन गतिविधि भएकाले घटनामा संलग्नहरूलाई कानुनी कारबाही अघि बढाइने प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments