काठमाडौं / त्रिभुवन विश्वविद्यालय क्याम्पस, कीर्तिपुरमा रोकिएको स्ववियु निर्वाचन हुने भएको छ । निर्वाचन समितिका अनुसार सोमबार (चैत्र १८) गते निर्वाचन हुने तय भएको हो ।
यसअघि चैत ८ गतेका लागि तोकिएको निर्वाचन उच्च अदालत, पाटनको अल्पकालीन अन्तरिम आदेशका कारण स्थगित गरिएको थियो ।
उक्त विवादमा शुक्रबार अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन नपर्ने भन्दै अर्को आदेश जारी गरेको छ ।
लगत्तै निर्वाचन समितिले शनिबार निर्वाचन कार्यक्रम तय गरेको हो । सोमबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म निर्वाचन हुने समितिले जनाएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित