कुनै पनि आन्दोलन र प्रदर्शनीबाट नागरिकलाई खतरामा नपार्न आग्रह

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले धर्मलाई राजनीतिसँग जोड्न नहुने धारणा राख्नुभयो

गण्डकी / जुनसुकै नामका आन्दोलन र प्रदर्शनीबाट आमनागरिकको जीवन खतरामा नपार्न सरोकार भएकाहरूले सबै पक्षलाई आग्रह गरेका छन् । आज पोखरामा समसामयिक राजनीतिक विषयका सम्बन्धमा प्रजातान्त्रिक विचार समाज नेपालद्वारा आयोजित गण्डकी प्रदेशस्तरीय भेलामा सहभागी वक्ताले कुनै पनि आन्दोलनका नाममा मानवीय तथा भौतिक क्षति पु¥याउने काम दण्डनीय भएको बताएका हुन् ।

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष कुलचन्द्र वाग्लेले धर्मलाई राजनीतिसँग जोड्न नहुने धारणा राख्नुभयो । लोकतन्त्रले हिंसा गर नभनेकाले हिंसा दण्डनीय अपराध भएको बताउँदै उहाँले भन्नुभयो, “राष्ट्रियताको प्रतिक राजा हुन सक्दैनन्, राजा खोपीमा हुँदा पनि राणाले देश जोगाएकै थिए । हरेक नेपालीमा राष्ट्रप्रतिको माया हुन्छ ।”

समाजका निवर्तमान अध्यक्ष डा केदारनरसिंह केसीले देशमा राजनीतिक अस्थिरता ल्याउने काम कहीँ कतैबाट हुन नहुने बताउँदै लोकतन्त्र समृद्ध मुलुक निर्माणका लागि उत्कृष्ट व्यवस्था भएको धारणा राख्नुभयो । लोकतन्त्रमा सबै अट्न सक्ने र शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न पाउने अधिकार हुँदाहुँदै पनि आन्दोलनका नाममा मानवीय तथा भौतिक क्षति पु¥याउने कार्य दण्डनीय भएको उहाँले बताउनुभयो ।

समाजका वरिष्ठ उपाध्यक्ष ईश्वरीराज लौडारीले असन्तुष्टिका विषयलाई सम्बोधन गर्न संविधान संशोधनमार्फत पनि अगाडि बढ्न सकिने धारणा राख्दै प्रदर्शनका नाममा द्वन्द्व सृजना गरी नागरिकको जीवन खतरामा पार्न नमिल्ने बताउनुभयो ।

महिला उपाध्यक्ष अनार बस्नेतले बिपीको सिद्धान्त र विचारलाई आमजनता माझ अझै प्रभावकारी रूपमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो । समाजका महासचिव डा वासुदेव भण्डारीले लोकतन्त्रमा नागरिक स्वतन्त्रता रहेको बताउँदै यसको विकल्प अरु हुन नसक्ने धारणा राख्नुभयो ।

समाजका कास्की जिल्ला अध्यक्ष डा वीरबहादुर कार्कीले विभिन्न कार्यक्रमका माध्यमबाट बिपीको विचारलाई जनसमक्ष पु¥याउनुुपर्नेमा जोड दिनुभयो । समाजका केन्द्रीय सदस्य कमलमोहन वाग्लेले लोकतन्त्रमा सुशासन दिन नसक्नुले जनतामा असन्तुष्टि पैदा भएको बताउँदै राजनीतिक दल जनताप्रति समर्पित भएर काम गर्नुपर्नेमा जोड दिनुभयो । संविधानको सवल र कमजोर पक्षका बारेमा सार्वजनिक रूपमा छलफल गर्न जरुरी भएको उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल, समाजका केन्द्रीय सदस्य ऋषिराम सापकोटा, गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता चिरञ्जिवी पौडेल, प्राडा यामबहादुर पौडेल क्षेत्री, कमलमोहन वाग्ले, प्राडा पद्मशरण रेग्मी, नरेन्द्र गुरुङलगायत वक्ताले बिपीको चिन्तनलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प नभएको धारणा राख्नुभयो ।

भेला तथा अन्तरक्रियाले समाजको आठ बुँदे धारणा सार्वजनिक गरेको छ । धारणापत्रमा जुनसुकै नाममा गरिने आन्दोलन र प्रदर्शनबाट आमनागरिकको जीवन खतरामा पार्न नहुने उल्लेख गरिएको छ ।

जनताको अथक प्रयासबाट प्राप्त परिवर्तन कुनै दल, नेता, गुट र स्वार्थ समूहलाई पोस्नका लागि नभएको भन्दै धारणापत्रमा पछिल्लो दुई दशक दलीय, गुटीय र नेताको शासन बलियो बनाउने ध्येयमा लाग्दा जनतामा निराशा छाएको उल्लेख गरिएको छ ।

समाजका पदाधिकारीलाई स्वागत

प्रजातान्त्रिक विचार समाजका केन्द्रीय अध्यक्ष वाग्लेसहित पदाधिकारी तथा सदस्यलाई नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले पोखरामा स्वागत गरेको छ । समाजका अध्यक्ष वाग्ले, निवर्तमान अध्यक्ष डा केसीलागयत प्रतिनिधिमण्डललाई कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, महामन्त्री विष्णुप्रसाद लामिछाने, प्रवक्ता माधवप्रसाद बास्तोला, प्रचार विभाग उपप्रमुख शिरोमणि बराललगायतले स्वागत गर्नुभयो ।

सो अवसरमा गण्डकी प्रदेश सभापति शर्मा, महामन्त्री लामिछाने, समाजका अध्यक्ष वाग्ले, निवर्तमान अध्यक्ष केसीलगायतले समसामायिक राजनीतिक परिस्थिति, बिपी चिन्तन, प्रजातान्त्रिक विचारलगायत विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।

कार्यक्रममा कांग्रेस गण्डकी प्रदेशले सञ्चालन गरेको बिपी स्मृति पुस्तकालयको अवलोकन गर्नुका साथै समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तनः नेतृत्व विशेष’ हस्तान्तरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock Endless Waves of Fun with Pokiesurf No Deposit Bonus Magic

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unlock the Thrill of Playzilla Casino with Seamless Login Access

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino

Unleash Your Fortune in the Dazzling Realm of Playamo Casino