पूर्वराजा ज्ञानेन्द्र शाहलाई महानगरले काट्यो पत्र, ७ लाख ९३ हजार जरिवाना

महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना गरेको छ।

शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको लगायतका विभिन्न शीर्षकमा महानगरले ७ लाख ९३ हजार जरिवाना गर्ने निर्णय गरेको हो।

पूर्वराजाको सहमतिमा आयोजित प्रदर्शनमा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो ।

आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गरिएको जनाएको छ । महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ ।

महानगरपालिकाको पत्रमा उल्लेख गरिएको शिर्षक अनुसार कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख रुपैया, महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख रुपैया, तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख रुपैया, जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख रुपैया, बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख रुपैया, सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख रुपैया, दमकल तोडफोड गरेकोमा १ लाख रुपैया ३० हजार र तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड गरेकोमा ६३ हजार रुपैया जरिवाना तोकिएको छ।

सबै पत्र हेर्नुहोस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments