राजावादीहरुको हिंसात्मक प्रदर्शन

रोयल टास्क फोर्सका कमाण्डर पक्राउ

उनी नेपाली सेनाका पूर्व क्याप्टेन पनि हुन्

काठमाडौँ । शुक्रबार भएको राजावादीहरुको प्रदर्शनलाई भड्काएको आरोपमा मुनिन्द्र राजभण्डारी पक्राउ परेका छन्।

रोयल टास्क फोर्सका कमाण्डर रहेका उनलाई प्रहरी प्रधान कार्यालयको विशेष टोलीले उनलाई बालाजुबाट पक्राउ गरेको हो ।

तिनकुनेको घटनालाई हिंसात्मक बनाउन उक्साएको आरोप प्रहरीले राप्रपाका उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा, स्वागत नेपाल, सेफर्ड लिम्बु, सन्तोष तामाङ र आफूलाई धर्मगुरु बताउने पुष्कर खतिवडालाई पक्राउ गरिसकेको छ ।

राजसंस्था पुनर्स्थापना आन्दोलनका कमाण्डर दुर्गा प्रसाईं भने फरार रहेका छन् । प्रहरीले प्रसाईंको खोजीलाई तिब्रता दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments