काठमाडौं । सरकारले राजावादीको समर्थकहरुले गरेको प्रदर्शनबाट भएको घटनाहरुको सत्यतथ्य छानबिन गरेर कारबाहीको दायरामा ल्याउने निर्णय गरेको छ ।
शुक्रबारको हिंसात्मक प्रदर्शनपछि आकस्मिक बसेको मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको प्रवक्ता एवम् सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।
बैठकले राजावादीहरूले आतङ्क फैलाएको, घरभित्र मानिस रहेको अवस्थामा ढुंगामुढा गर्ने तथा मानिसको ज्यान जाने अमानवीय र गैह्रकानुनी काम गरेको ठहर गरेको छ ।
उक्त घटनाको सत्य तथ्य छानबिन गरि दोषीलाई कारबाही गर्न मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयलाइ निर्देशन समेत दिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित