काठमाडौं । राप्रपाका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शम्सेर जबरा पक्राउ परेका छन् ।
काठमाडौं प्रहरी परिसरले राजावादी आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा पक्राउ परेको हो ।
राप्रपाका बरिष्ठ उपाध्यक्ष मिश्र र महामन्त्री जबरासहित स्वागत नेपाल, सेफोर्ड लिम्बु, सन्तोष तामाङलाई प्रचलित ऐनअनुसार विभिन्न कसूरमा पक्राउ गरिएको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
आन्दोलनको क्रममा प्रहरीसँगको झडपका १२ जनालाई भने शुक्रबार दिउँसै पक्राउ गरिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित