अराजकता:

राजावादीको प्रदर्शनमा एक पत्रकारको मृत्यु

आगजनीमा परि एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको मृत्यु भएको हो

काठमाडौँ / राजावादीले तिनकुनेमा गरेको आन्दोलनमा एकजना पत्रकारको समेत मृत्यु भएको छ। आन्दोलनकारीले गरेको आगजनीमा परि एभिन्युज टेलिभिजनमा कार्यरत क्यामेरा पर्सन सुरेश रजकको मृत्यु भएको हो।

राजाका समर्थकले आयोजना गरेको आमसभा बिथोलिएको थियो। आफ्नो प्रदर्शनमा प्रहरीले दमन गरेको भन्दै आन्दोलनकारीले निजि घर, गाडी र भौतिकस सम्पतिमाथि आक्रमण गरेका थिए। अनियन्त्रित भिडले घरका सिसा फुटाएर आगो लगाएको थियो।

पत्रकार रजक सोहि घरबाट आन्दोलनको भिडियो खिचिरहेका थिए भनिएको छ । प्रदर्शनमा प्रहरी र आन्दोलनकारी गरी २२ जना घाइते भएका छन्।

यो पनि हेर्नुहोस..

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest


0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments