काठमाडौँ / राजावादीले तिनकुनेमा आयोजना गरेको सभा बिथोलिएको छ।
आन्दोलनकारीले सुरक्षा घेरा तोड्न खोजेपछि उत्पन्न परिस्थितिलाइ नियन्त्रण गर्न प्रहरीले अश्र्युग्यास र हवाई फायर गरेको छ। आमसभा र प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेपछि भिड अनियन्त्रित भएको छ।
झडपमा उत्तेजित भिडले तिनकुनेमा एक व्यक्तिको निजि घरका सिसा फुटाएर आगजनी गरेका छन्। उक्त घरमा लुकेर प्रहरीले अश्र्युग्यास प्रहार गरेको भन्दै उनीहरुले आगो लगाएका छन्।
आगजनी गरिएको घरमा एभिन्युज टिभीका एक पत्रकार रहेको र उनले घरमाथिबाट भिडियो खिचेको देखेको प्रत्यक्षदर्शीले बताएका छन्। अहिले उनि सम्पर्कमा छैनन्।
भिडले अन्नपुर्ण मिडिया नेटवर्क र कान्तिपुर मिडिया ग्रुपमाथि समेत आगजनी र आक्रमणको प्रयास गरेका छन्। जसले कान्तिपुर मिडिया ग्रुपको भवनमा सामान्य क्षति पुगेको छ।
प्रहरीको झडपमा एक प्रहरी महिला घाइते भएकी छिन् भने प्रदर्शनकारीले सुरक्षाकर्मीको बन्दुक समेत खोसेका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित