प्रहरीले बल प्रयोग गरेपछि राजावादीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन्
काठमाडौँ / राजावादीहरुको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ। त्यहाँको प्रहरी घेरा तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गर्नुपरेको जनाएको छ ।
सुरक्षा व्यवस्थालाइ कडा पर्दै प्रहरीले बानेश्वरतर्फ जाने सडक बन्द गराएको थियो । प्रदर्शनमा उपस्थित हुन आइरहेका मानिसले प्रहरीको घेरा तोड्न खोजेपछि अश्रुग्याससमेत प्रहार भएको थियो। अहिले तीनकुनेको अवस्था तनावग्रस्त बनेको छ ।
शक्ति प्रदर्शनका लागि भन्दै राजाका समर्थकहरु तिनकुने आउने क्रम जारी थियो। सुरक्षाकर्मीसंगको झडपका कारण उनीहरुको कार्यकम बिथोलिएको छ भने नेताहरु कार्यक्रमस्थलबाट हिँडेका छन् ।
प्रहरीले बल प्रयोग गरेपछि राजावादीहरुले प्रधानमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।
यता, गणतन्त्रवादीहरुको आन्दोलन भने जारी छ।
राजधानीका बिभिन्न स्थानबाट र्यालीसहित प्रदर्शनीमार्गमा पुगेको समाजबादी मोर्चाको आमसभा शान्तिपूर्वक शुरु भएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित