काभ्रेपलाञ्चोक/विश्व युवा महोत्सव २०२५ को संक्षिप्त स्वरुप ‘युवा महोत्सव’ विहीबार अपराह्नबाट काठमाडौं विश्वविद्यालयमा सुरु भएको छ ।
निर्माणाधीन सूर्यविनायक–धुलिखेल सडक खण्डका कारण उत्पन्न असहज अवस्था र चैत लागेसँगै मुलुकमा सुरु भएका विभिन्न आन्दोलनका कार्यक्रमहरुका कारण महोत्सवलाई चिटिक्क सानो र छरितो बनाइएको आयोजकको भनाई छ ।
युवा महोत्सवलाई जिल्ला समन्वय समितिका प्रमुख दीपककुमार गौतमले उद्घाटन गरेका थिए । सम्मेलनमा ५१ देशका डेढ सय सहित हजारौं नेपाली युवाहरु सहभागी छन् ।
चैत्र १७ गतेसम्म आयोजना हुने महोत्सव अवधिभर जलवायु परिवर्तन, लैंगिक एकता, महिला सशक्तीकरण, वाक स्वतन्त्रता, सूचना तथा सञ्चार प्रविधि, पर्यटन, राजनीति, लिडरसिप, स्थानीय खानालगायतका विषयमा बहस हुने आयोजकले जनाएको छ ।
उद्घाटनका अवसरमा सिन्धुली कला घरको विशेष पञ्चेबाजा प्रस्तुतिसमेत रहेको थियो । पञ्चेबाजाको तालमा सहभागी युवाहरु नाचमा झुमेका देखिन्थे ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित