बाबुले चलाएको मिनिट्रकले किच्दा ४ वर्षीया छोरीको मृत्यु

काभ्रेपलाञ्चोक/ बनेपा नगरपालिका–४ मा बाबुले चलाएको मिनिट्रकले किचेर चार वर्षीया छोरीको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सरोज बरालले चलाएको बा ४ ख ८५९२ नम्बरको मिनिट्रकले किच्दा उनकै चार वर्षीया छोरी समीक्षा बरालको मृत्यु भएको हो।

सिन्धुली गोलन्जोर गाउँपालिका–१ घर भएका बराल परिवारसहित नालामा  बस्दै आएका थिए । बनेपा– ४ त्रिवेणीस्थित शुभकामना सप्लायर्स नामक बालुवा डिपोमा बस्दै आएका बरालले खाली ट्रक ब्याक गर्ने क्रममा छोरी समीक्षालाई किचेको प्रहरीले जनाएको छ।

ट्रकले किच्दा घाइते भएकी बालिकालाई उपचारको लागि धुलिखेल अस्पताल लगेकोमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक प्रहरीको नियन्त्रणमा छ भने चालक सम्पर्कमै रहेका प्रहरीले जनाएको छ। बालिकाको शव पोस्टमार्टमका लागि धुलिखेल अस्पतालमा राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments