स्वास्थ्य बिमा बोर्डको अध्यक्षमा थापा नियुक्त

काठमाडौं / स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा प्युठानका चन्द्रबहादुर थापा नियुक्त भएका छन् । थापा मंगलबार मन्त्रिस्तरीय निर्णयबाट बोर्डको अध्यक्ष नियुक्त भएका हुन् । अध्यक्ष नियुक्त थापा स्नातकोत्तर हुन् । थापा यसअघि बोर्डका सदस्य समेत थिए ।

यसभन्दा अगाडिका अध्यक्ष डा. गुणराज लोहनीले स्वास्थ्य बीमा बोर्डलाई सोचेजस्तो हिसाबले अगाडि बढाउन नसकेको भन्दै गत २८ भदौमा राजीनामा दिएका थिए । अध्यक्ष लोहनीलाई १३ मंसिर २०८० मा तत्कालीन पुष्पकमल दाहाल नेतृत्वको सरकारले बोर्ड अध्यक्ष नियुक्त गरेको थियो ।

यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा तनहुँका डा. रघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।

नेपालमा २५ चैत २०७२ मा कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम अहिले ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा पुगेको छ ।

स्वास्थ्य मन्त्रीले शपथ गराए

Lahachhap

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आज मन्त्रालयमा नवनियुक्त अध्यक्ष थापालाई पद तथा गोपनीयताको सपथ ग्रहण गराउनुभयो ।

प्यूठान निवासी थापा यसअघि तीन वर्ष बोर्ड सदस्यका रुपमा रहनुभएको थियो । नवनियुक्त अध्यक्ष थापाले स्वास्थ्य बिमा सुधार गर्न स्वास्थ्य बिमा नीतिको समीक्षा र सुधार गरी सबै नागरिकलाई समेट्ने योजना रहेको बताउनुभयो ।

उहाँले बिमाको दाबी भुक्तानी प्रक्रियालाई छिटो र पारदर्शी बनाउने तथा बिमा कोषको पारदर्शी र प्रभावकारी व्यवस्थापन गर्ने, स्वास्थ्य बिमा बोर्डको स्थायी सङ्गठन संरचना स्वीकृतिका लागि पहल गर्ने बताउनु भयो ।

यस्तै, स्वास्थ्य बिमाको महत्त्वबारे जनचेतना अभियान चलाउने तथा सरकार, निजी क्षेत्र र अन्तरराष्ट्रिय संस्थासँग सहकार्य गरी बिमा कार्यक्रमलाई प्रभावकारी बनाउने प्रतिबद्धता जनाउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments