योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता छः मन्त्री पौडेल

स्वास्थ्य बिमा क्षेत्रमा केही विकृति देखिएका छन् । उपचार नै नगरेर भुक्तानी माग्ने गरेको गुनासो पनि आउने गरेका छन् । यस्तो कार्य गलत हो, साँच्चै त्यस्तो भएको पाइए कारबाही हुन्छ ।”

दाङ/ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले जनताको पहिलो आवश्यकता स्वास्थ्य सेवा भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस दाङले आज यहाँ आयोजना गरेको भेटघाट कार्यक्रममा उहाँले त्यो आवश्यकतालाई सम्बोधन गर्न योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीको आवश्यकता रहेको बताउनुभयो ।

अहिलेको अवस्थामा सरकारले मात्रै लगानी गरेर जनतालाई बिमा सेवालाई निरन्तरता दिन सक्ने अवस्था नरहेको भन्दै मन्त्री पौडेलले निजी क्षेत्रलगायतको यसमा सहयोग आवश्यक रहेको बताउनुभयो ।

सरकारसँगै बिमामा सुर्ती र मदिराबाट उठ्ने करको ५० प्रतिशत रकम, सरकारी क्षेत्र र विभिन्न सङ्घसंस्थामा काम गर्नेहरूले दुई प्रतिशत बिमा बोर्डमा जग्मा गर्नसक्ने अवस्था भए यस क्षेत्रमा देखिएका समस्या हट्ने र सेवालाई प्रभावकारी बनाउन सकिने उहाँको भनाइ छ ।

मन्त्री पौडेलले सरकारले बिमाका लागि छुट्याउने रकमको दोब्बर तेब्बरले खर्च बढेकाले सरकारले योगदानमा आधारित स्वास्थ्य बिमा प्रणालीलाई अघि सारेको बताउनुभयो ।

बिमाको रकम भुक्तानी दाबी गरिँदा बेथिति रहेको गुनासो आइरहेकाले त्यसमा सुधारको आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “स्वास्थ्य बिमा क्षेत्रमा केही विकृति देखिएका छन् । उपचार नै नगरेर भुक्तानी माग्ने गरेको गुनासो पनि आउने गरेका छन् । यस्तो कार्य गलत हो, साँच्चै त्यस्तो भएको पाइए कारबाही हुन्छ ।”

मन्त्री पौडेलले अस्पतालले नागरिकलाई गुणस्तरीय सेवा प्रदान गर्न ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सरकारी अस्पतालको भौतिक सुधारसँगै उपकरण र जनशक्ति व्यवस्थापन आफ्नो मुख्य प्राथमिकता रहेको भन्दै उहाँले अस्पतालको फार्मेसीमा औषधि नराख्ने, सरकारी अस्पतालबाट सेवा दिने अवस्थामा पनि बिरामीलाई बाहिर रिफर गरेको पाइए कडा कारबाही हुने चेतावनी दिनुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री पौडेलले सरकारले जनतालाई उपलब्धिको महसुस गराउन नसके २०८४ सालको निर्वाचनमा अप्ठेरो पर्ने बताउनुभयो ।

देशका प्रमुख दुई पार्टी कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनेको र सरकारले जनतालाई परिवर्तनको महसुस गराउने गरी काम गर्ने प्रयत्न गरिरहेको उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn

अन्य न्यूजहरु

news

Zotabet Unleashed The Future of Thrilling Betting Adventures

news

Epic Tides of Thrill and Fortune Await at Big Bass Bonanza UK

news

Khám Phá Bản Đồ Đam Mê Cược Tại 188bet Link Hấp Dẫn