काठमाडौंमा शनिबार एक कार्यक्रम गरेर नेपाली कांग्रेस काभ्रेले बद्रिराज तिमल्सिना सभापति रहेको कार्यसमिति विस्तार गरेको हो
काठमाडौं / नेपाली कांग्रेस काभ्रे–काठमाडौं सम्पर्क समिति विस्तार गरिएको छ । काठमाडौंमा शनिबार एक कार्यक्रम गरेर नेपाली कांग्रेस काभ्रेले बद्रिराज तिमल्सिना सभापति रहेको कार्यसमिति विस्तार गरेको हो ।
समितिको उपसभापतिमा नमोबुद्धका कृष्णबहादुर लामा र सिर्जना खनाल, भुम्लुका एक बहादुर बुढाथोकी, सचिवमा तेमालका राजन प्रसाद मैनाली, बेथानचोकका उद्धव तिमल्सिना, सहसचिवमा पनौतीका सुरेन्द्र फौंजु, भुम्लुका विरेन्द्र लामा, मण्डनदेउपुरका बैकुण्ठ डोटेल र कोषाध्यक्षमा रोशीका राजन गौतम छन् ।
सदस्यमा बनेपाका राजन दाहाल, विश्वमान वादे, धुलिखेलका प्रदिप धिताल, राजु लामा, विरता श्रेष्ठ, पाँचखालका सरोज श्रेष्ठ, पनौतीका दिपक थापा, अनिता अधिकारी, भवानी थापा, राम सुनुवार, कृष्ण गोच्छे, सुनिल दुवाल, मण्डनदेउपुरका विष्णु नेपाल, भरत सापकोटा, दिनेश घोरसाइने, सम्राट पराजुली, रामप्रसाद पौडेल, रमेश कुवर, तेमालका विरबहादुर दोङ,रामलाल तामाङ, नमोबुद्धका अभिजित स्याङतान, राज स्याङतान, रेशम वर्देवा, रोशीका पदम लामा, सुमन लामा, मौसमी लामा, हरिबहादुर मोक्तान, मिकराज लामा, ठुलोकान्छा तामाङ, अभिषेक तामाङ, खानीखोलाका राजकुमार घिसिङ, बेथानचोकमा दिना स्याङतान, भुम्लुका सदर्शन पराजुली, महाभारतका इन्द्रबहादुर मोक्तान र बेथान्चोकका गोविन्द तिमल्सिना छन् ।
नेपाली कांग्रेसले प्रतिनिधी सभा र प्रदेश सभा क्षेत्र र पालिका सम्पर्क समिति पनि विस्तार गरेको छ ।
प्रतिनिधी सभा क्षेत्र नं १ मा रोशीका राजन लामा, प्रदेश सभा १ (क) सम्पर्क समितिमा महाभारतका हेमन्त वाइवा, प्रदेश सभा १ (ख) मा धुलिखेलका उत्तम राजभण्डारी, प्रतिनिधी सभा २ मा मण्डनका श्यामकाजी डोटेल, प्रदेश सभा २ (क) मा पाँचखालका बुद्धिकृष्ण बोलखे र प्रदेश सभा २ (ख) मा मण्डनदेउपुरका मनहरी ढकाल छन् ।
पालिका – काठमाडौं सम्पर्क समिति पनि गठन गरिएको छ ।धुलिखेलमा प्रकाश श्रेष्ठ, बनेपामा लवराज जोशी, बेथानचोकमा रामकुमार तिमल्सिना, तेमालमा चक्रबहादुर लामा, मण्डनदेउपुरमा दुर्गा ढकाल,चौरीदेउरालीमा विष्णु गिरी, खानीखोलामा जीवन लोप्चन र पाँचखालमा सुमन लुइटेलको अध्यक्षतामा काठमाण्डौं सम्पर्क समिति गठन गरिएको छ ।
यसअघि पनौतीमा भगवान के.सी., नमोबुद्धमा आकाश लामा, महाभारतमा नविन लामा, रोशीमा गणजीत लामा (मनिष बल), भुम्लुमा तीर्थ लामाको अध्यक्षतामा पालिका–काठमाण्डौं सम्पर्क समिति गठन भइसकेको छ ।
योसंगै पार्टीको जिल्लास्थित सबै निर्वाचन क्षेत्र र पालिकाका काठमाडौँ सम्पर्क समितिले पूर्णता पाएको छ। नेपाली कांग्रेस काभ्रेको गत माघ २ गते सम्पन्न जिल्ला कार्यसमितिको बैठकले बद्रिराज तिमल्सिनालाइ सभापति चयन गरेको थियो। सभापति तिमल्सिनाले नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभासदस्य ज्ञानेन्द्र बहादुर कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो समितिलाइ पूर्णता दिएका हुन्।
कांग्रेसका जिल्ला सभापति एवं प्रदेश सभा सदस्य तिर्थ लामाको सभापतित्वमा सम्पन्न सम्पर्क समिति विस्तार कार्यक्रममा पार्टीको बिभिन्न भूमिकामा रहेका नेताहरुले शुभकामना दिएका थिए ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित