सिङ्गापुर विरूद्धको खेलमा नेपालले ३६ वर्षपछि जित निकाल्यो, प्रधानमन्त्रीले दिए बधाई

काठमाडौँ/जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ ।

सिङ्गापुर नेसनल स्टेडियममा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरमाथी १–० को जित निकालेको हो । नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनले १२औँ मिनेटमा मनिष डाँगीको क्रसमा गोल गरेका हुन् । सिङ्गापुर विरूद्ध नेपालले गरेको यो नै पहिलो गोल हो ।

पछिल्लो पटक नेपाल र सिङ्गापुर सन् १९८९ मा आमुन्नेसामुन्ने भएका थिए । सन् १९८९ मा फिफा विश्वकप छनोटअन्तर्गत नेपाल र सिङ्गापुरबीच दुई खेल भएको थियो । जसमा पहिलो खेलमा नेपाल ७–० र दोस्रो खेलमा ३–० ले पराजित भएको थियो ।

नेपालले पहिलो पटक १९८२ को किङ्ग्स कपमा सिङ्गापुरसँग पहिलो पटक खेलेको थियो । त्यतिबेला नेपाल २–० ले पराजित भयो। त्यसपछि सन् १९८६ मा दशरथ रंगशालामा आयोजित पञ्चायत सिल्भर जुबिली कपमा नेपालले सिङ्गापुलाई गोलरहित बराबरीमा रोकेको थियो ।

योसँगै एएफसी एसियन कप छनोट २०२७ खेल्न नेपाल मलेसिया प्रस्थान गर्नेछ । मार्च २५ मा नेपालले घरेलु टोली मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।


प्रधानमन्त्री ओलीद्वारा खेलाडीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हासिल गरेकामा नेपाली फुटबलका राष्ट्रिय खेलाडीलाई बधाई ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीेले आज सामाजिक सञ्जालमा फुटबल खेलाडीको तस्बिर राख्दै सिङ्गापुरविरूद्धको खेलमा नेपालले विजय हासिल गरेकामा बधाई ज्ञापन गर्नुभएको हो ।

“बधाई नेपाली !! नेपालले सिङ्गापुरविरूद्ध ऐतिहासिक जित हात पारेको छ”, उहाँले लेख्नुभएको छ ।

साँझ सिङ्गापुरको राष्ट्रिय रङ्गशालामा भएको अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरलाई १–० गोलले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments