काठमाडौं विश्वविद्यालय(केयु)मा उप-कुलपतिपछिको महत्त्वपूर्ण पद रजिष्ट्रारमा अब को ?

प्राडा सीताराम अधिकारी, प्राडा भद्रमान तुलाधर, प्राडा सुबोध शर्मा, प्राडा भोला थापा र प्राडा अच्युतप्रसाद वाग्लेले हाँकेको केयुको रजिष्ट्रार पदमा आजै प्राडा. राजीव श्रेष्ठ नियुक्त हुँदैछन् ।

काठमाडौं/काठमाडौं विश्वविद्यालय(केयु)मा उप–कुलपतिका रुपमा प्राडा. अच्युतप्रसाद वाग्लेको नियुक्ति र पद बहालीसँगै रजिष्ट्रारमा नियुक्त हुने व्यक्तिको बारेमा चर्चा चुलिएको छ ।

काठमाडौं विश्वविद्यालय ऐनले उप–कुलपतिको सिफारिशमा कुलपतिले रजिष्ट्रार नियुक्त गर्ने प्रावधान अनुसार यसै साताभित्र रजिष्ट्रार नियुक्त हुँदैछन् । विहीबार नै रजिष्ट्रार नियुक्त हुने प्रबल सम्भावना बढेको छ ।

अघिल्लो पटकका उप–कुलपति प्राडा भोला थापाको नियुक्तिसँगै केयु केन्द्रिय कार्यालयमा रहेका पुराना प्राध्यापकहरुमध्येबाट रजिष्ट्रार नियुक्ति होलान् भन्ने अनुमानविपरित प्राडा. अच्युतप्रसाद वाग्ले अघिल्लो पटक रजिष्ट्रारमा नियुक्त भएका हुन् । यस पटक पनि अवस्था अर्कै हुने आँकलन गर्न थालिएको छ ।

यस पटक केयु स्कूल अफ एजुकेशनका प्राडा बालचन्द्र लुइँटेल, केयु स्कूल अफ साइन्सेजका पूर्व डीन प्राडा राजेन्द्रप्रसाद कोजु, केयुकै ग्लोबल इन्गेन्जमेन्ट डिपार्टमेन्ट हाँकेका प्राडा बिमप्रसाद श्रेष्ठ र केयु स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालको अनुसन्धान विभाग हाँकेका प्राडा राजीव श्रेष्ठको नाम भावी रजिष्ट्रारको रुपमा चर्चामा रहेको छ ।

Lahachhap

उप–कुलपतिमा सत्तारुढ दलमध्ये काँग्रेसबाट प्राडा. अच्युतप्रसाद वाग्ले नियुक्तिसँगै केयुको प्रमुख पद एमालेको भागमा पर्ने अनुमान गर्दै प्राडा बालचन्द्र लुइँटेलको सम्भावना देखिएको छ ।

यस्तै, वरिष्ठ मुटुरोग विशेषज्ञ तथा पूर्व डीन राजेन्द्रप्रसाद कोजुको नाम पनि चर्चामा रहेको छ । उप–कुलपतिको आवेदन माग हुँदा चिकित्सा शिक्षाका प्राध्यापकहरुलाई बाहिर राख्ने षडयन्त्र भएकोमा चित्त दुखाएका कोजुले रजिष्ट्रारमा अनिच्छा व्यक्त गरेको बुझिएको छ ।

उता, पूर्व उप–कुलपति प्राडा रामकण्ठ माकजुका सारथीका रुपमा परिचित र केयुलाई ‘ग्लोबल्ली’ चिनाका प्राडा बिमप्रसाद श्रेष्ठको नाम पनि चर्चामा रहेको छ । उप–कुलपतिको आवेदकसमेत रहेका श्रेष्ठलाई त्यतिखेर १० जनाको सूचीभित्र समेत राखिएन । तर, उनलाई केयुको प्राज्ञिक र व्यवस्थापन बुझेको व्यक्ति भएकाले रजिष्ट्रार बनाएमा राम्रो हुने भन्ने केयुभित्रै बहस चलेको छ ।

यसैवीच, केयु स्कूल अफ मेडिकल साइन्सेज–धुलिखेल अस्पतालको अनुसन्धान विभागमा रहेर काम गरिरहेका प्राडा राजीव श्रेष्ठको नाम पनि चर्चामा रहेको छ । केयुको उप–कुलपति छनौट सिफारिश समितिले पहिलो पटक बनाएको मापदण्डमा धुलिखेल अस्पतालभरिबाट उनीमात्रैको योग्यता पुग्ने थियो । चिकित्सा विज्ञानका अन्य प्राडाहरुले पनि आवेदन दिनु पर्छ भन्ने मान्यताले त्यतिखेर आवेदन नदिएका उनलाई यस पटक केयुको रजिष्ट्रार नियुक्त गरिने लगभग पक्कापक्की नै देखिन्छ ।

प्राडा सीताराम अधिकारी, प्राडा भद्रमान तुलाधर, प्राडा सुबोध शर्मा, प्राडा भोला थापा र प्राडा अच्युतप्रसाद वाग्लेले हाँकेको केयुको रजिष्ट्रार पदमा आजै प्राडा. राजीव श्रेष्ठ नियुक्त हुँदैछन् । कुलपित एवं प्रधानमन्त्री केपी ओलीले यसका लागि ग्रीन सिग्नल दिइसकेकाे बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments