अग्रज पत्रकार गुरागाईं र डीन प्राडा. हुमागाईंलाई रोटरी पत्रकारिता र रोटरी स्वास्थ्य सम्मान प्रदान गरिने

पनौती/रोटरी क्लब पनौतीका संस्थापक अध्यक्ष एवं केयु स्कूल अफ मेडिकल साइन्सेजका प्राडा रोटरियन सुमनराज ताम्राकारले स्वर्गवासी आमा–बुबाको स्मरणमा स्थापना गर्नु भएको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ तथा ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ पाउने व्यक्तित्वहरुको नाम पनि नवौं स्थापना दिवस (चार्टर डे) कै अवसरमा घोषणा गरिएको छ ।

दोस्रो पटक प्रदान गर्न लागिएको ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ बाट क्रियाशील एवं अग्रज पत्रकार मधुसुधन गरागाईं र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट केयु स्कूल अफ मेडिकल साइन्सेजका डीन प्राडा मनोज हुमागाईंलाई सम्मान गरिने घोषणा गरिएको हो ।

यी दुवै सम्मान काभ्रेका वा काभ्रेलाई कर्मथलो बनाई उम्दा काम गर्ने सम्बन्धित व्यक्ति, संस्था वा निकायलाई दिईने उल्लेख छ ।

यस अघि ‘पुष्पराज स्मृति रोटरी पत्रकारिता सम्मान’ बाट काभ्रे टाइम्स साप्ताहिक र ‘गुणलक्ष्मी स्मृति रोटरी स्वास्थ्य सम्मान’ बाट केयु स्कूल अफ मेडिकल साइन्सेजका पूर्व डीन एवं वरिष्ठ मुटुरोग विशषज्ञ प्राडा राजेन्द्रप्रसाद कोजू सम्मानित भइसक्नु भएको छ ।

क्लबका अध्यक्ष रोटरियन मणिप्रसाद सापकोटाका अनुसार संस्थापक अध्यक्ष प्राडा ताम्राकारले स्थापना गर्नु भएको दुबै सम्मानको राशी ५/५ हजार रुपैंया र सम्मान पत्र रहेको छ ।

सम्मानित हुने व्यक्ति वा संस्थाको छनौटका लागि बहालवाला क्लब अध्यक्षसहितको तीन/तीन सदस्यीय अलग–अलग समिति बनाई निर्णय गरिएको हो ।

यी दुवै सम्मान क्लबको वर्ष २०२५–२६ को पदस्थापना (इन्स्टलेसन) समारोहमा प्रदान गरिने तय भएको अध्यक्ष सापकोटाको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments