सन् २०१६ मार्च १७ तारेखका दिन सो क्लबले रोटरी इन्टरनेसनलबाट मान्यता पाएको हुँदा प्रत्येक वर्ष यस दिनलाई क्लबले विभिन्न कार्यक्रमहरुको आयोजनासहित भव्य रुपमा मनाउँदै आएको छ ।
पनौती/काभ्रेपलाञ्चोक जिल्लाको तेस्रो रोटरी क्लबका रुपमा स्थापित रोटरी क्लब अफ पनौतीले नवौं स्थापना दिवस (चार्टर डे) धूमधामसँग मनाएको छ ।
नेपाल भोकेस्नल एकेडेमी पनौतीमा सोमबार आयोजित कार्यक्रममा रोटरी पनौतीले विभिन्न सेवामूलक र सामुदायिक कामहरु गर्दै आएको तथ्य प्रस्तुत गरिएको छ ।
सन् २०१६ मार्च १७ तारेखका दिन सो क्लबले रोटरी इन्टरनेसनलबाट मान्यता पाएको हुँदा प्रत्येक वर्ष यस दिनलाई क्लबले विभिन्न कार्यक्रमहरुको आयोजनासहित भव्य रुपमा मनाउँदै आएको छ ।
क्लबका संस्थापक अध्यक्ष, प्राध्यापक रोटरियन डा. सुमनराज ताम्राकारले अन्तराष्ट्रिय संस्था रोटरी इन्टरनेसनलमातहत पनौतीमा रोटरी क्लब स्थापना गरेर ९ वर्षदेखि विभिन्न सेवामूलक र सामुदायिक कामहरु गर्दै समुदायको मन जित्न सकिएको बताए ।
उनले थपे, ‘रोटरी भनेको मानवीय सेवा, सबै पेशामा उच्च नैतिकस्तर प्रवर्द्धन गर्न र विश्वमा शान्ति र सद्भावना निर्माण गर्न मद्दत गर्न, विश्वव्यापी रूपमा मिलेर काम गर्ने व्यावसायिक व्यक्तिहरूको विश्वव्यापी संस्था हो । नेपालका १५७ वटा र भुटानको १ गरी रोटरी डिष्ट्रिक्ट ३२९२ मा १५८ वटा रोटरी क्लब रहेका तीनमा आवद्ध करीब ५६ सय सदस्यहरुले विभिन्न सेवामूलक र सामुदायिक कामहरु गर्दै आएका छन्’, ताम्राकारले जानकारी दिए ।
सो अवसरमा रोटरी पनौतीलाई स्पोन्सर गर्ने रोटरी क्लब धुलिखेलका पूर्व अध्यक्ष एवं सन् २०१६ मा पनौतीका लागि निरुपित असिस्टेन्ट गर्भनर(एजी)/गर्भनर्स स्पेशल रिप्रेजेन्टेटिभ (जिएसआर) रोटरियन अशोककुमार श्रेष्ठले तत्कालीन समयमा धुलिखेलले स्पोन्सर गरेका ५ वटा क्लबहरुमध्ये दुई वटा क्रियाशील रहेकोमा एउटा पनौती भएको उल्लेख गरे ।
रोटरी पनौतीका पूर्व अध्यक्ष रोटरियन डा. नारायण चरण श्रेष्ठले आफु स्थापनाको दोस्रो कार्यकालको अध्यक्षका रुपमा विभिन्न सेवामूलक र सामुदायिक कामहरु गरेर पनौती गहिरो छाप छाडेको स्मरण गर्दै भने ‘अन्य संघ संस्थाहरुसँग साझेदारीमा सेवा परियोजनाहरु सञ्चालन गरेर रोटरी पनौतीले नमूना देखाउनु पर्छ ।’
रोटरी पनौतीका पूर्व अध्यक्ष एवं वर्ष २०२५–२६ का लागि असिस्टेन्ट गर्भनर(एजी) रोटरियन ई. सितु सैंजुले रोटरीका सदस्यहरुले मुख्य काम छाडेर यसमा लाग्नै पर्ने बाध्यता नभएको उल्लेख गरे । ‘रोटरीमा बचेको धन, बचेको समय र रहेको प्रतिभा प्रस्फूटन गर्ने हो । रोटरियनहरुले क्लबका बैठकहरुमा सहभागी हुने, फेलोसिप गर्ने, दुःखमा साथ दिने र सुखमा रमाउनुका अलावा विभिन्न सेवामूलक र सामुदायिक कामहरु गरेर समुदायलाई योगदान गर्ने हो । त्यसैले रोटरीमा निस्वार्थ भावको सेवाले प्रश्रय पाउँदै आएको छ’, उनले गत असोजको बाढीपहिरो प्रभावितहरुका लागि गरिएको सेवा परियोजनाहरुको दृष्टान्त दिए ।
स्थापना दिवसकै अवसरमा रोटरी क्लब अफ धुलिखेलकी अध्यक्ष रोटरियन जोत्सना सैंजुले पनौती रोटरी क्लब स्थापना भएको कार्यक्रममा ९ वर्ष अघि सहभागी हुन पाएको र अहिले पनि सहभागी भएकोमा खुशी व्यक्त गरिन् । गत असोजको बाढीपहिरो प्रभावितहरुको राहत र पुनर्स्थापनमा पनौती रोटरीको अगुवाईमा धुलिखेलसहित जिल्लाका सबै रोटरी क्लबहरु मिलेर सेवामूलक र सामुदायिक कामहरु गर्न पाएको अपूर्व क्षण भएको बताइन् ।
रोटरी क्लब अफ ई–नमोबुद्ध बागमतीकी अध्यक्ष रोटरियन गङ्गा लुइँटेलले आफूहरुको क्लब सबैभन्दा पछि स्थापना भएको भए तापनि रोटरी पनौतीलगायत जिल्लाका सबै क्लबहरुसँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरिन् । गत असोजको बाढीपहिरोलगत्तै प्रभावितहरुको राहत तथा पुनर्स्थापनमा काम गर्दा स्थानीयहरुले रोटरीले पनि यसरी सहयोग गर्ने रहेछ भनेको कुरा ज्यादै महत्वपूर्ण लागेको विचार लुइँटेलले व्यक्त गरिन् ।
कार्यक्रममा रोटरी क्लब अफ काभ्रे–बनेपाका अध्यक्ष श्यामकुमार तिमल्सिनाले जिल्लाकै पहिलो रोटरी क्लब भएका नाताले सबै क्लबहरुलाई सेवामूलक र सामुदायिक कामहरुमा सहकार्यको अवधारणामा लैजाने प्रयास भइरहेको बताए । यसको दृष्टान्तका रुपमा असोजको बाढीपहिरो लगत्तै प्रभावितहरुका राहत तथा पुनर्स्थापनका साथै माग अनुसार विभिन्न क्षेत्रहरुमा आयोजना भएका स्वास्थ्य शिविरहरुलाई स्मरण गराए । उनले विपदका बेलामा सरकारी निकाय, गैरसकारी निकाय र निजीक्षेत्रको अनुपम सहकार्यका रुपमा रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत काभ्रेपलाञ्चोक डिजास्टर रेस्पोन्स परियोजनालाई लिन सकिने उल्लेख गरे ।
रोटरी क्लब अफ भक्तपुर पूर्व अध्यक्ष तथा आरपी फाउण्डेशन फर कन्जर्भेसनका अध्यक्ष रबिन्द्र पुरीले रोटरी पनौतीको स्थापनाकालमा क्लब सल्लाहकार हुन पाएको स्मरण गर्दै फाउडेशनका कामहरुमा रोटरी पनोतीको सहकार्यको प्रसंसा गरे ।उनले क्लबको उत्तरोत्तर प्रगतिको कामना गर्दै भवियमा पनि सहकार्य भइरहने अपेक्षा गरे ।
रोटरी क्लब अफ एड्वार्डस् टाउन अष्ट्रेलियाका रोटरियन जोन रोनाल्ड प्राइसले नेपालमा आएका बखत रोटरी पनौतीको चार्टर डेमा सहभागी हुन पाएको अपूर्व अवसर भएको भन्दै खुशी व्यक्त गरे ।
रोटरी क्लब अफ काभ्रे भ्यालीका निवर्तमान अध्यक्ष रोटरियन रिकेश कायस्थले विपद्का बेला रोटरी पनौतीसँगै मिलेर काम गर्न पाएकोमा खुशी व्यक्त गरे ।
रोटरी क्लब अफ पनौतीका अध्यक्ष रोटरियन मणिप्रसाद सापकोटाले गत असोजको बाढीपहिरोमा आफ्नो क्लबसहित जिल्लाका सबै रोटरी क्लबहरु मिलेर प्रभावितहरुको राहत तथा पुनर्स्थापनमा काम गर्नु परेको प्रसङ्ग उल्लेख गर्दै विगतमा रोटरी पनौतीलाई चिनाउने ‘सिग्नेचर प्रोजेक्टहरु’ गर्न नसएिको र आगामी वर्ष पुनः निरन्तरता दिने बताए ।
स्थापना दिवसका अवसरमा रोटरी पनौतीलाई जिल्लामा रहेका विभिन्न रोटर्याक्ट क्लब र इन्टर्याक्ट क्लबका अध्यक्ष तथा प्रतिनिधिहरुले शुभकामना दिएका थिए ।
रोटर्याक्ट क्लब अफ बनेपाकी अध्यक्ष रोटर्याक्टर सदिक्षा धिताल, रोटर्याक्ट क्लब अफ पनौती अध्यक्ष रोटर्याक्टर करिना तिमल्सिना र रोटर्याक्ट क्लब अफ केयु मेडिकल स्कूलकी अध्यक्ष रोटर्याक्टर छाया संज्ञा मगरले रोटरी पनौतीले रोटर्याक्ट क्लबहरुलाई पनि सेवामूलक र सामुदायिक कामहरुमा सँगसँगै लैजान गरेको योगदानको प्रसंशा गरेका थिए ।
यस्तै, इन्टर्याक्ट क्लब अफ सिद्धार्थ वनस्थलीकी अध्यक्ष इन्टर्याक्टर श्रेया मगराती र इन्टर्याक्ट क्लब अफ केयु हाइस्कूलका अध्यक्ष रोनक श्रेष्ठले स्कूल जीवनबाटै रोटरीबारे जान्ने अवसर पाएकोमा खुशी व्यक्त गरे ।
रोटरी पनौतीका निवर्तमान अध्यक्ष रोटरियन मधुसुधन गुरागाईंको धन्यवाद ज्ञापन रहेको सो कार्यक्रममा सर्जेन्ट–एट्–आर्म्स रोटरियन मनिष भैलले बैठकको प्रतिवेदन प्रस्तुत गरेका थिए । सो अवसरमा नवौं स्थापना दिवसको लोगो अङ्कित केक काटर फेलोसिप गरिएको थियो ।
यसैगरी, रोटरी डिष्ट्रिक्ट ३२९२ अन्तर्गत काभ्रेपलाञ्चोक डिजास्टर रेस्पोन्स परियोजनाले ‘द गोल्डेन हिलिङ–डिजास्टर रिलिफ प्रोजेक्ट अवार्ड’ प्रदान गरेको छ ।
विपदबाट जोगिन, पूर्वतयारीलगायतका विपद चक्रका विभिन्न आयामहरुमा प्रभावित क्षेत्रमै काम गर्नका लागि ३ वटा रोटर्याक्ट क्लब (केयुएमएस, पनौती र बनेपा) र २ वटा इन्टर्याक्ट (सिद्धार्थ वनस्थली र केयु हाइस्कूल) क्लबहरुलाई ‘द गोल्डेन हिलिङ–डिजास्टर रिलिफ प्रोजेक्ट अवार्ड’ पत्र हस्तान्तरण गरिएको संयोजक रोटरियन ई. सितु सैंजुले जानकारी दिए ।
उनका अनुसार परियोजनाले क्लबहरुले प्रस्तावका आधारमा आर्थिक सहयोग उपलब्ध गराउने र सम्बन्धित रोटरी क्लबहरुले ‘मेन्टरसीप’ गर्ने सैंजुको भनाई छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित