कोइकाको सहयोगमा पोखरामा हरित उद्यम क्षेत्र निर्माण सुरु

‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ उद्यमका लागि ‘इन्क्युबेटर’ हबका रूपमा काम गर्ने

काठमाडौँ/ कोरिया अन्तरराष्ट्रिय सहयोग एजेन्सी (कोइका) ले पोखरा महानगरपालिका–९ स्थित प्रदर्शनी केन्द्रमा हरित रोजगारी सिर्जना परियोजनाअन्तर्गत हरित उद्यम क्षेत्र निर्माण सुरु गरिएको छ ।

सोमबार आयोजित शिलान्यास कार्यक्रममा कोइकाका राष्ट्रिय निर्देशक कोंग मुहेन, पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य, सङ्युक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) का एसिया तथा प्यासिफिकका उपक्षेत्रीय निर्देशक तथा निर्देशक क्रिस्टोफ बाहुएटलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति थियो ।

Lahachhap

नवनिर्मित क्षेत्रले ‘रिसाइक्लिङ’ र ‘अपसाइक्लिङ’ उद्यमका लागि ‘इन्क्युबेटर’ हबका रूपमा काम गर्ने कोइकाले जनाएको छ ।

यस स्थानले उद्यमीहरू र स्थापित व्यवसायलाई वित्तीय सहायता, प्राविधिक स्रोत र बजार लिकेजसहित आवश्यक सहयोग प्रदान गर्ने बताइएको छ ।

पोखरा महानगरपालिका र कोइकाबीचको यो सहकार्यले दिगोपनका प्रयासलाई सुदृढ गर्दै स्थानीय व्यवसायलाई बलियो बनाउने विश्वास गरिएको छ ।

“हरित उद्यम क्षेत्रको निर्माण पोखरा महानगरपालिकाभित्र फोहर व्यवस्थापनमा दिगो अभ्यास अङ्गाल्ने दिशामा एउटा महत्वपूर्ण कदम हुनेछ । यो परियोजनाले वातावरणीय संरक्षणप्रतिको प्रतिबद्धतालाई मात्र नभई हरित रोजगारी सिर्जना र आर्थिक पुनरुत्थानको सम्भावनालाई पनि उजागर गर्नेछ”, कोइकाले विज्ञप्तिमार्फत जनाएको छ ।

सन् १९९१ देखि कोरिया सरकारले कोइकामार्फत नेपाल सरकारलाई स्वास्थ्य, व्यावसायिक तालिम, ग्रामीण विकास र सूचना प्रविधि जस्ता विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments