नेप्से परिसूचकमा २१ अङ्कको गिरावट

आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ

काठमाडौँ / साताको कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक २१ दशमलव ६३ अङ्कले घटेर दुई हजार ७१४ दशमलव ८५ को विन्दुमा झरेको छ ।

आज ३१६ कम्पनीका एक करोड ३९ लाख ७४ हजार ४५२ कित्ता शेयर ७९ हजार ३१ पटक खरिद बिक्री हुँदा रू छ अर्ब ८३ करोड ६६ लाख ४० हजार ४०७ बराबरको कारोबार भएको छ ।

आज व्यापार समूह चार दशमलव ९२ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ । विकास बैंक समूहको उपसूचक सबैभन्दा धेरै दुई दशमलव २५ प्रतिशतले घटेको छ । बैंकिङ शून्य दशमलव ८०, वित्त एक दशमलव ३९, होटल तथा पर्यटन शून्य दशमलव ५३, जलविद्युत् एक दशमलव २९, लगानी एक दशमलव ७२, जीवन बीमा एक दशमलव ०६, उत्पादन तथा प्रशोधन शून्य दशमलव ०१, लघुवित्त शून्य दशमलव ८८, म्युचुअल फन्ड शून्य दशमलव ०४, निर्जीवन बीमा शून्य दशमलव ७२ र अन्य समूह एक दशमलव ५२ प्रतिशतले घटेको छ ।

सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा आज सबैभन्दा धेरै आठ दशमलव १९ प्रतिशतको वृद्धि देखिएको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य सात दशमलव ९१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरेन्स लिमिटेडको रू ५८ करोड ६६ लाख आठ हजार तीन सय ४८ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको ११ लाख ९३ हजार नौ सय ३७ कित्ता शेयर किनबेच भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news