पार्टीको १०० दिने अभियान अन्तर्गत क्रियाशील कार्ड वितरण तथा सांगठनिक गतिबिधि गरेको कांग्रेसले सम्मेलन गर्न बाँकी वडा, स्थानीय तह र प्रदेश र प्रतिनिधी सभा क्षेत्रीय समितिलाई चैत मसान्तभित्र सम्मेलन गरिसक्न पनि निर्देशन दिएको छ
काभ्रेपलान्चोक / नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको घुम्ती बैठक भुम्लुमा सम्पन्न भएको छ। काभ्रे कांग्रेसको निर्णय अनुसार हरेक पालिकामा घुम्ती बैठक गर्दै आएकोमा शनिवार भुम्लु गाउँपालिकाको केन्द्र सल्लेमा जिल्ला कार्यसमितिको बैठक बसेको हो।
कांग्रेस जिल्ला सभापति तीर्थ लामाको सभापतित्वमा सम्पन्न बैठकले वैशाख १५ गतेसम्ममा जिल्ला सम्मेलन गर्ने निर्णय गरको छ ।
पार्टीको १०० दिने अभियान अन्तर्गत क्रियाशील कार्ड वितरण तथा सांगठनिक गतिबिधि गरेको कांग्रेसले सम्मेलन गर्न बाँकी वडा, स्थानीय तह र प्रदेश र प्रतिनिधी सभा क्षेत्रीय समितिलाई चैत मसान्तभित्र सम्मेलन गरिसक्न पनि निर्देशन दिएको छ ।
बैठकले काभ्रे – काठमाडौं सम्पर्क समिति विस्तार गर्न चैत्र ९ गते काठमाडौँमा भव्य कार्यक्रम गर्ने र त्यसको आवश्यक तयारीमा सक्रिय हुन पार्टीका सबै संयन्त्र परिचालित हुने निर्णय समेत गरेको छ । साथै, चैत मसान्त भित्र कृयाशिल सदस्यता नविकरण गरिसक्न स्थानीय तह र वडाका सभापतिहरुलाई तदारुकता देखाउन पनि अनुरोध गरेको छ ।
हरेक महिनाको २ गते नियमित बैठक बस्दै आएको नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको यो छैठौं घुम्ती बैठक हो । कांग्रेसको बैशाख २ गते हुने घुम्ती बैठक नमोबुद्ध नगरपालिकामा गर्ने निर्णय भएको पार्टीका प्रवक्ता सन्त तामाङले जानकारी दिए।
सल्ले / नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले जिल्लाको सबै पालिकाका सबैखाले विकास निर्माणको पक्षमा आफु निरन्तर लागिरहेको बताउनु भएको छ।
जिल्ला कार्यसमितिको घुम्ती बैठक सकेलगत्तै भुम्लु गाउँपालिका समितिले आयोजना गरेको बृहत अन्तरक्रियामा बोल्दै सभापति लामाले पार्टीलाइ मजबुत बनाउन रचनात्मक कार्यक्रमसहित संगठन चलायमान बनाइरहेको उल्लेख गर्दै काभ्रे कांग्रेसको नेतृत्वमा जिल्लामा अहिले भइरहेका विकास निर्माणको गति बिगतको भन्दा निकै उत्कृष्ट रहेको बताउनु भयो।
बागमती प्रदेश सभा सदस्य समेत रहनु भएका सभापति लामाले पार्टीका सबै संरचना र व्यक्तिको मेहनत तथा खटाईले विकासका गतिबिधि गर्दै आएको नेपाली कांग्रेसकै अगुवाईमा २०७२ सालमा संबिधान जारी भएको बताउनु भएको छ। जनताद्वारा अनुमोदित संबिधानमाथि फेरी कतैबाट अदृश्य प्रहार हुन खोज्यो भने संबिधानको रक्षार्थ कांग्रेसको नेतृत्वमा जस्तोसुकै आन्दोलन गर्न पछि नपर्ने उहाले उद्घोष गर्नुभयो।
गाउँपालिका सभापति जितेन्द्रमान तामाङ (दावा) को सभापतित्वमा सम्पन्न कार्यक्रममा उपसभापति ठाकुर न्यौपाने, पुर्वउपसभापति अच्युत पौडेल, प्रतिनिधि सभासभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रदेश सभापति हेमकुमार तामाङ, जिल्ला सदस्य गोबिन्द पराजुली, महाधिबेशन प्रतिनिधि मन्जु शाह ठकुरी लगायतले कांग्रेसको नेतृत्वमा गरेको कामको खुलेर बोल्न नागरिकलाई बुझाउन आव्हान गरे।
अन्तरक्रिया कार्यक्रममा आफ्ना धारणा राख्दै क्षेत्रीय सदस्य भोजराज उप्रेती, वडा न २ का वडा अध्यक्ष सुजन भण्डारी, वडा न ५ का वडा अध्यक्ष अञ्चल कुमार मोक्तान, पालिका सचिवद्वय अनन्तराज लामा र सदिक्षा तामाङ, शिक्षक संघ भुम्लुका गोबिन्द खरेल, तरुण दल भुम्लुका शंकर रमण उप्रेती, वडा न १० का सभापति शंकर तामाङ, वडा न ९ कि वडा सदस्य शान्ति ठकुरी, वडा न ७ का सभापति पेमा लामा, वडा न ६ बाट नवराज उप्रेतीले पालिका नेतृत्वको काम कारवाही बारे प्रशंशा गरेका छन् भने नेताहरुले बोले अनुसार विकास निर्माणको काम गरिदिन अनुरोध गरेका छन्।
भुम्लु गाउँपालिकाका उपाध्यक्ष समेत रहेका पालिका सभापति जितेन्द्रमान तामाङले १० वटै वडाबाट सहभागी कार्यकर्ता तथा क्रियाशील सदस्यलाई आभार प्रकट गर्दै ‘नेपाली कांग्रेस पार्टीमा मुख हैन रुख हेर्ने बिगतको चलन भएपनि पछिल्लो समय रुखसंगै मुखपनि हेर्नु पर्ने बेला आएको’ बताउनु भयो। स्थानीय विकास निर्माणसंगै आपतविपदमा सुखदुखको सारथी र संगठनको लागी सक्रिय सच्चा व्यक्तिले मात्र नागरिकको प्रतिनिधित्व गर्न सक्ने भन्दै तामाङले आगामी दिनमा त्यस्तो व्यक्ति र मुख छान्न नेतृत्वलाइ सुझाव दिनु भयो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित