टिपरले मोटरसाइकललाई एकाबिहानै ठक्कर दिंदा कोटेश्वर-तिनकुनेमा काभ्रेका एक जनाको मृत्यु, एक घाइते

काठमाडौं / तीनकुनेमा टिपरको ठक्करबाट एक जना काभ्रेलीको मृत्यु भएको छ । एक जना काभ्रेली घाइते भएका छन् ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी अपिलराज बोहोराका अनुसार, शनिबार बिहान अन्दाजी साढे ४ बजेतिर काठमाडौं-३२, तिनकुने गैरीगाउँ पेट्रोल पम्प अगाडि रा १ ख २६२२ नम्बरको टिपरले प्र ३-०२-००३ प ६२४५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

त्यसक्रममा काभ्रेको पनौती नगरपालिका-११ का सुकराम तामाङ र बेथानचोक गाउँपालिका-६ का रमेश तामाङ गम्भीर घाइते भएका थिए ।

एसपी बोहोराका अनुसार, उनीहरुलाई उपचारका लागि तत्काल ट्रमा सेन्टर पठाइएको थियो । उपचारका क्रममा बिहान साढे ५ बजे सुकराम तामाङको मृत्यु भएको हो।

अर्का घाइते रमेश तामाङको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिपरलाई प्रहरीले विमानस्थलको कार्गोभित्र फेला पारेको छ भने चालक फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments