पूर्वराजा काठमाडौँ आउँदा राप्रपासहितका समर्थकद्वारा भव्य स्वागत

उहाँ समर्थकसहित विमानस्थलबाट चक्रपथ हुँदै निर्मल निवास पुग्नु भएको छ

काठमाठौँ / पूर्वराजा ज्ञानेन्द्र शाह पश्चिम नेपालको केही समयको भ्रमण पूरा गरी आज काठमाडौँ फर्किनुभएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिने क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजनीतिक दलका नेता तथा कार्यकर्तासहित पूर्वराजा समर्थित व्यक्ति तथा सङ्घसंस्थाले उहाँलाई भव्य स्वागत गरेका थिए ।

Lahachhap

पूर्वराजाको स्वागतमा विमानस्थलको मूल ढोकाबाहिर उभिएका अधिकांशको हातमा राष्ट्रिय झन्डा देखिन्थ्यो । राप्रपासहित पूर्वराजा समर्थित विभिन्न समूहको आह्वानमा भएको यस किसिमको कार्यक्रमबाट विमानस्थल–चक्रपथ क्षेत्रको यातायात व्यवस्था प्रभावित भएको थियो । विमानस्थल क्षेत्रको संवेदनशील पक्षलाई दृष्टिगत गरी सुरक्षा व्यवस्था कडा गरिएको थियो ।

Lahachhap

पोखरा केन्द्रित भई आसपासका क्षेत्रको धार्मिक भ्रमणमा निस्कनुभएका पूर्वराजा ज्ञानेन्द्र आज पोखराबाट काठमाडौँ आउनुभएको हो । उहाँ समर्थकसहित विमानस्थलबाट चक्रपथ हुँदै निर्मल निवास पुग्नु भएको छ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments