मुलुकको विकासमा सरकारको जोड

भोजपुरको शैक्षिक उन्नयनमा उक्त विद्यालयले निर्वाह गरेको बताउँदै भूमिकाको सराहना गर्दै उहाँले उपलव्ध स्रोतसाधनको उचित प्रयोग गर्न शिक्षक कर्मचारीलाई आग्रह गर्नुभयो

भोजपुर / उपप्रधानमन्त्री प्रकाशमान सिंहले मुलुकमा राजनीतिक स्थायित्वका लागि कांग्रेस–एमालेको सरकार गठन भएको बताउनुभएको छ । मुलुकको विकासलाई सरकारले जोड दिएको उहाँको कथन छ ।

भोजपुर नगरपालिका वडा नं ४ दाँवामा रहेको सिद्धेश्वर माध्यामिक विद्यालयको ७७औँ वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सहरी विकासमन्त्रीसमेत रहनुभएका उहाँले मुलुकको विकास निर्माण र स्थायित्वका लागि वर्तमान सरकार क्रियाशील रहेको बताउनुभयो ।

विकास निर्माणका गतिविधि निरन्तर अगाडि बढाउन वर्तमान सरकार क्रियाशील रहेको बताउँदै उपप्रधानमन्त्री सिंहले आगामी वर्षको बजेट सबै वर्ग र क्षेत्रलाई समेटेर बनाउन अर्थमन्त्रीलाई अनुरोध गर्ने बताउनुभयो ।

भोजपुरको शैक्षिक उन्नयनमा उक्त विद्यालयले निर्वाह गरेको बताउँदै भूमिकाको सराहना गर्दै उहाँले उपलव्ध स्रोतसाधनको उचित प्रयोग गर्न शिक्षक कर्मचारीलाई आग्रह गर्नुभयो ।

त्यस अवसरमा नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य विनोद बान्तवा, पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइराला, जनप्रतिनिधि तथा स्थानीय गण्यमान्य व्यक्ति, अभिभावक, पूर्वविद्यार्थीलगायत सहभागी हुनुहुन्थ्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments