सांसदसँग संवादः

राष्ट्रियसभालाई अझ प्रभावकारी बनाउन संविधान संशोधन गर्नुपर्छः राष्ट्रियसभा सदस्य मिश्र

राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्रको परिचय

नेपाली कांग्रेसका महासमिति सदस्य नारायणदत्त मिश्र विगत तीन वर्षदेखि राष्ट्रियसभाको सदस्य हुनुहुन्छ । विसं २०२८ देखि नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक सुरु गर्नुभएका श्री मिश्र मुलुक परिवर्तनको निम्ति भएका आन्दोलनका क्रममा पटकपटक जेल पर्नुभएको छ

काठमाडौँ / राष्ट्रियसभालाई प्रतिनिधिसभाले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन जरुरी देख्दैछु । प्रतिनिधिसभाका समानुपातिक सांसदलेसमेत राष्ट्रियसभाका सदस्यलाई हेर्ने नजर फरक हुनु आश्चर्यजनक छ । जबकि राष्ट्रियसभाका सदस्यहरु देशैभरिका प्रत्येक प्रदेश र स्थानीय तहबाट निर्वाचित भएर आएका हुन्छन् । राष्ट्रियसभाको महत्वलाई कमजोर बनाउने प्रयत्न भइरहेको छ । अब राष्ट्रपति र प्रधानमन्त्री हुने र चुन्ने अधिकार राष्ट्रियसभालाई पनि दिइनुपर्छ । त्यसको संवैधानिक व्यवस्था गर्नुपर्छ । प्रतिनिधिसभाका एक सांसदले हालै राष्ट्रियसभा भनेको ‘वृद्धाश्रम’ जस्तै हो भनेर टिप्पणी गरेको पाइयो । खासमा राष्ट्रियसभा भनेको अनुभव भएका, राजनीतिमा खारिएका व्यक्ति रहने ठाउँ हो । राष्ट्रियसभाको महत्वलाई गलत व्याख्या गर्न हुँदैन । प्रतिनिधिसभामा जति जनताका सवाल उठेका छन्, त्यति नै राष्ट्रियसभामा पनि उठाइएको छ ।

संविधानमा कतिपय कुराहरु महत्वकाङ्क्षी छन् जुन कहिल्यै पूरा नहुने किसिमका छन् । त्यसैले संविधानमा भएका सबै कुरा कार्यान्वयन हुन्छ जस्तो मलाई लाग्दैन । हामीले उतिबेलै संविधान बनाउने क्रममा नसक्ने कुरा नलेखेको भए अहिले कार्यान्वयन गर्ने बेला समस्या हुने थिएन । संविधानमा भएका कार्यान्वयन गर्न सकिने विषय कार्यान्वयन भएकै छन् र अन्य कुराहरु विस्तारै कार्यान्वयनमा जाने अपेक्षा गर्न सकिन्छ । संविधान कार्यान्वयनका क्रममा देखिएका कमीकमजोरी र अप्ठ्यारा हटाउन तथा जनताको इच्छा मुताबिक सामयिक परिवर्तन गर्नुपर्दछ । संसदमा क्रियाशील राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गर्नुपर्दछ । संविधान संशोधनजस्तो महत्वपूर्ण र दूरगामी महत्व बोक्ने विषयमा कुनै सरकारले वा कुनै एक राजनीतिक दलले मात्र चाहेर हुने कुरा होइन । सबैभन्दा पहिला संविधान कुन विषयमा संशोधन गर्ने हो, त्यसमा सरकार र सत्तारुढ दलहरु प्रष्ट हुनुपर्छ । जनताको राय पनि लिनुपर्छ । उनीहरुको इच्छाविपरीत संविधान संशोधन हुँदैन । यो कुरा राजनीतिक दल र दलका नेताहरुले प्रष्टसँग बुझ्नुपर्छ ।

मलाई लाग्छ अहिलेको गठबन्धन सरकारले सुशासनका लागि काम गरिरहेको छ । अमनचयन पनि देशमा कायम छ । सङ्घीय, प्रदेश र स्थानीय तीनै तहका सरकारले सही तरिकाले जनतालाई सेवा दिइरहेको प्रतीत हुन्छ । भ्रष्टाचार गर्ने कुनै पनि व्यक्तिलाई छाडेको देखिन्न । हिंसा, हत्या, बलात्कारका घटना कम हुँदै गएका छन् ।

हामीले २०४६ वा २०६२/६३ सालमा गरेको आन्दोलन लोकतान्त्रिक गणतन्त्रको निम्ति हो । लोकतान्त्रिक गणतन्त्रले परिलक्षित गरेका व्यवस्थाको कार्यान्वयनका लागि कसैले पनि अवरोध पु¥याउनु हुँदैन । स्थानीय र प्रदेश सरकारलाई आफ्नै तरिकाले चल्न दिनुपर्छ । त्यसलाई सङ्घीय सरकारले हस्तक्षेप गर्नु हुँदैन । अर्को कुरा, स्थानीय र प्रदेश सरकारलाई संविधानले दिएको अधिकार दिनुपर्छ । त्योसँगै स्थानीय र प्रदेश सरकारले पनि आत्मनिर्भर हुन सिक्नुपर्छ । स्थानीय स्रोतसाधनबाटै स्थानीय सरकार बलियो बन्नुपर्छ ।

देशको व्यवस्था फेरियो अवस्था उस्तै छ भन्नेहरुले देशलाई भड्खालोमा हाल्न खोज्दैछन् । देशको व्यवस्था फेरिएसँगै जनताको अवस्था पनि फेरिएको छ । पहिला मेरो गाउँमा साइकल चढ्ने हैसियत नभएका मानिस थिए । अहिले मोटरसाइकल, गाडी चढ्ने भएका छन् । यो जनताको अवस्थामा आएको परिवर्तन हो । एउटा सिटामोल किन्न पनि हिजो निकै टाढा जानुपर्ने हुन्थ्यो । अहिले गाउँगाउँमा, वडावडामा स्वास्थ्यचौकी रहेका छन् । पहिले थिएन, अहिले टोलटोलमा विद्यालय पुगेको छ । प्रत्येक गाउँघरमा इन्टरनेटको सेवा पुगेको छ । गाउँका मानिसले गाउँकै बसेर संसार हेर्न पाइरहेका छन् । गाउँमा उत्पादित वस्तु गाउँमै बिक्री गर्न सक्ने अवस्था सिर्जना भएको छ । हो, हामीले शिक्षाको गुणस्तरण सोचेजति कायम गर्न सकेका छैनौँ । त्यसलाई तत्काल सुधार गरेर लैजानुपर्छ । नेपालको माटोअनुसारको शिक्षा प्रणाली चाहिन्छ, व्यावहारिक प्राविधिक शिक्षा आजको आवश्यकता हो ।

युवा शक्तिलाई देशभित्रै राख्न अहिले त्यति सजिलो छैन । हामीले युवालाई कृषिसँग जोड्न सकेका छैनौँ । कृषि उत्पादन बढाउन सकेका छैनौँ । देशमा नयाँनयाँ उद्योग, कलकारखाना खोल्न सकिएको छैन । हामीले चाहेको खण्डमा कृषिको व्यवसायीकरणबाटै विदेसिएका युवालाई नेपालमा ल्याउन सक्छौँ । कृषिमा लगानी गर्दा युवा पलायन रोक्न सकिन्छ । विकासका लागि राजनीतिक दलहरु मिल्नुको विकल्प छैन । हिजो राजतन्त्र फाल्नका लागि जसरी राजनीतिक दलहरु मिलेर सडकमा आएका थिए अब देशको विकासका लागि सबै दलहरु एकजुट भएर अगाडि बढनुको विकल्प छैन । सधैँ राजनीतिक खिचातानी ठीक होइन ।

अबको मेरो योजना भनेको देशलाई आर्थिक रुपमा बलियो बनाउन पहल गर्ने नै हो । सबैभन्दा पहिला देश आत्मनिर्भर बन्नुपर्छ । उद्योग, कलकारखाना खोल्नका लागि सरकारलाई घच्घच्याउने मेरो भूमिका हुन्छ । मैले संसद्मा पनि यही कुरा बोलिरहेको हुन्छु, सबैभन्दा पहिला देशले आफैँ आम्दानी गर्नुपर्छ । अर्को, भएका ऐन कानुन कार्यान्वयनमा मेरो भूमिका हुन्छ । कानुन बनेन भनेर मात्रै हुँदैन । जनताका विषयलाई संसद्मा उठाउने र सरकारको ध्यानाकर्षण गराउने पनि मेरो भूमिका हुन्छ ।

सरकारले ज्येष्ठ नागरिकका लागि समयानुसार जीविका भत्ता बढाउनुपर्छ । राज्यले उनीहरुको सम्मान गर्नुपर्छ । उनीहरुको अनुभवको कदर गर्नुपर्छ । ज्येष्ठ नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्नुपर्छ । ज्येष्ठ नागरिकका लागि व्यवस्था गरिएको वृद्धाश्रम सुविधासम्पन्न हुनुपर्छ । किनभने यो सुविधा सबैको लागि हो ।

(राष्ट्रियसभाका सदस्य मिश्रसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सम्पादित अंश)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

news

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

news

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

news

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels