काठमाडौँ / चार देश सम्मिलित महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा नेपालले युगान्डाविरुद्ध टस जितेर पहिले बलिङ रोजेको छ । जारी प्रतियोतिामा नामिबियाविरुद्धको पहिलो खेलमा पराजय भोगेको नेपाल आज पहिलो जितको खोजीमा छ ।
हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग ६ विकेटले पराजित भएको थियो । युगान्डाले भने पहिले खेलमा हङकङलाई आठ विकेटले पराजित गरेको थियो ।
नेपालको प्लेइङ–११ मा कप्तान इन्दु बर्मा, बिन्दु रावल, ईश्वरी विष्ट, कविता जोशी, पूजा महतो, ममता चौधरी, साना प्रविन, रिया शर्मा, रोमा थापा, रुबिना क्षेत्री र सम्झनाकुमारी खड्का छन् । जारी शृङ्खलामा युगान्डा, नेपाल, नामिबिया र हङकङको सहभागिता छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित