काठमाडौं/ ‘काभ्रेका लागि केही गरौं’ भन्ने मूल मन्त्र लिइ २०६९ सालमा काठमाडौंमा स्थापना भएको काभ्रे सेवा समाजले काभ्रे र नेपालमै समाजलाई महत्त्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सहित सम्मान गर्ने भएको छ ।
समाजको आधिकारिक फेसबुक पेजमा अध्यक्ष प्रल्हाद केसीद्वारा जारी सूचनामा सो सम्मान यसै वर्षबाट प्रदान गरिने र ५० हजार रुपैँया नगद हुने उल्लेख छ ।
पुरस्कार छनोटको लागि काभ्रे सेवा समाजका सल्लाहकार समितिका संयोजक उमेशप्रसाद मैनालीको संयोजकमा ७ सदस्यीय समिति गठन गरिएको पनि उल्लेख छ ।
समाजले हरेक वर्ष यो सम्मान प्रदान गर्ने पनि उल्लेख छ । यस वर्षका लागि योग्य व्यक्तिको नाम पठाउन पनि आग्रह गरिएको छ ।
१. समाजमा महत्वपूर्ण योगदान दिनेहरु:-
शिक्षा, स्वास्थ्य, विज्ञान, साहित्य, कला, खेलकुद, वा अन्य क्षेत्रमा विशेष योगदान पुर्याएका ब्यक्ति, नवप्रवर्तन (innovation) वा नयाँ सोचमार्फत समाजमा सकारात्मक प्रभाव पार्नेहरू।
२. नैतिकता र ईमान्दारिताका उदाहरणिय ब्यक्तित्व :-
सत्यनिष्ठ, इमान्दार, र निःस्वार्थ भावनाका साथ कार्य गर्ने, समाजमा नैतिक मूल्य प्रवर्द्धन गर्ने।
३. सामाजिक सेवा र मानव कल्याणमा समर्पित:-
गरिब, असहाय, वा विपन्न वर्गका लागि विशेष योगदान पुर्याएका
४. राष्ट्रिय तथा अन्तरास्ट्रिय रूपमा पहिचान बनाएका ब्यक्तिहरु: देश तथा विदेशमा प्रतिष्ठा कमाएका र राष्ट्रिय गौरव बढाएका,आफ्नो क्षेत्रमा दीर्घकालीन योगदान दिएका।
५. साहस र प्रेरणादायी गर्ने ब्यक्तिहरु: कठिन परिस्थितिमा उदाहरणिय कार्य गर्ने , अरुलाई प्रेरणा दिने खालका नेतृत्व र कार्यशैली भएका
६. साँस्कृतिक तथा परम्परागत योगदान दिनेहरु:-
आफ्नो देशको कला, भाषा , संस्कृति , भाषा र परम्पराको प्रबर्द्धन गर्ने, समाजमा सकारात्मक परिवर्तन ल्याउने अभियान चलाउने !
अन्तमा बिशेष उपलब्धि हासिल गर्नेहरू ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित