कांग्रेस महामन्त्री शर्माले पूर्वराजा लक्षित गर्दै भने-‘बाजाको धुनमा खुट्टासम्म हल्लाएको भए ठिकै छ बिहे नै सम्झेर बेहुलो बनेर बाहिर आउन खोज्नु भएको हो भने त्यो दिवास्वप्न नदेख्नू’

उहाँले कांग्रेस इतिहास बोकेको पार्टी भएकाले र लाखौं कार्यकर्ताको प्रिय पार्टी भएकाले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन भन्दै नेता कार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्न निर्देशन पनि दिनुभयो ।

काभ्रेपलान्चोक/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेस पार्टी त्रुटी केलाउनेमात्र होइन, सबै त्रुटी सच्याएर अगाडी बढ्न सक्ने उदार र फराकिलो राजनीतिक दल भएको बताउनु भएको छ।

संगठनको पार्टीको नेतृत्व र सहभागितामा सरकारको काम गर्दा भएका कमिकमजोरी सुधार्दै लोकतान्त्रिक व्यवस्था मजबुत बनाउन थप मेहनत गर्नुपर्ने समय आएको बताउदै महामन्त्री शर्माले ‘आजीवन पार्टी संगठन र नागरिकको पक्षमा काम नगरेका केहि तत्वहरू अहिलेका दलले केहि पनि गरेनन भन्दै सामाजिक संजालमा होहल्ला गर्दै राज्यव्यवस्थानै पल्टाउने दावी गरिरहेका छन्, तर उनीहरुलाइ थाहा छैन कि यसरि धावा बोल्ने, आफ्ना विचार व्यक्त गर्ने अधिकारको सुनिस्चितता पनि नेपाली कांग्रेसको नेतृत्वमा नै भएको हो’ भन्नु भयो।

कांग्रेसको मण्डनदेउपुर नगर समितिले शनिबार आयोजना गरेको बृहत कार्यकर्ता भेलालाइ सम्बोधन गर्ने क्रममा राजतन्त्र पक्षधरप्रति लक्षित गर्दै महामन्त्री शर्माले ‘बाहिर बाजा बजेको सुनेर कसैले खुट्टा हल्लाएको हो कि जस्तो लागेको छ। बाजाको धुनमा खुट्टासम्म हल्लाएको भए ठिकै छ बिहेनै सम्झेर बेहुलो बनेर बाहिर आउन खोज्नु भएको हो भने त्यो दिवास्वप्न नदेख्न सुझावसमेत दिनुभएको छ।

पार्टीको भेलासहित भातृ एवं शुभेच्छुक संस्थाको विस्तार कार्यक्रमका प्रमुख अतिथि शर्माले उहाँले कांग्रेस इतिहास बोकेको पार्टी भएकाले र लाखौं कार्यकर्ताको प्रिय पार्टी भएकाले चुनावको चिन्ता गरेर समय खेर फाल्दैन भन्दै नेता कार्यकर्तालाई देशको चिन्ता गरेर अघि बढ्न निर्देशन पनि दिनुभयो ।

Lahachhap

उहाँले बाहिर हल्ला भएजस्तो कांग्रेसमा कुनै विवाद नरहेको प्रष्ट पार्नुभयो । अन्तरिक समस्या भए सम्बादद्वारा समाधान गरि आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी हुनेसमेत उहाले उद्घोष गर्नुभयो।

कार्यक्रममा कांग्रेसका केन्द्रिय शिबप्रसाद हुमागाईंले नगरभरबाट जम्मा भएका अग्रज र युवालाइ संस्था र श्रस्टाको सम्मान गर्न आग्रह गर्नु भयो। उहाले वर्तमान राजनीतिक अवस्था र राज्य व्यवथा माथि धावा बोल्ने प्रवृत्ति बिरुद्द नेपाली कांग्रेसको नेतृत्वमा लाखौं नागरिक सडकमा आउने र संबिधानको रक्षार्थ बलिदानी दिन तयार रहेको बताउनु भएको छ।

अर्का केन्द्रिय सदस्य मधुप्रसाद आचार्यले उपस्थित अगुवा कार्यकर्तालाइ हौशला दिंदै बिगतका कमि कमजोरी सच्याउदै सुधारिएको सक्षम नेपाली कांग्रेस पार्टी बनाउन प्रेरित गर्नुभयो। उहाले आफु सकारात्मक सोच र उत्साह सहित अगाडी बढ्न र कांग्रेसको अगुवाईमा स्थापित मुलुकको व्यवस्था जगेर्ना गर्नका लागि सक्रिय रहन आग्रह गर्नु भयो।

कार्यक्रममा पार्टीका बागमती प्रदेशका महामन्त्री कन्चन वादेले पार्टीमा लगेर गरिएका सबै प्रतिवद्दता पुरा गर्न अनुरोध गर्नु भएको छ। बागमती प्रदेश सभा सदस्य समेत रहनु भएका वादेले विकास निर्माणको काम कांग्रेसले मात्र गर्न सक्ने बताउनु भयो।

भेलालाई सम्बोधन गर्दै जिल्ला सभापति तीर्थ लामाले २०४६ सालअघिको काभ्रेको विकास निर्माण र त्यसयताका विकास निर्माणको गतिबिधि कांग्रेसकै नेतृत्वमा भएको बताउनु भएको छ। उहाले आफु २०७० मा संबिधानसभा सदस्य निर्वाचित भए पश्चात काभ्रेको बिकट मानिएको डाँडापरि क्षेत्रदेखि अन्य सबै वडा र पालिकाको विकास निर्माणका कांग्रेसले अगुवाई गरेको बताउनु भयो।

Lahachhap

बागमती प्रदेश सभा सदस्य समेत रहनु भएका लामाले विकाससंगै व्यवस्थापनि कांग्रेसकै नेतृत्वमा स्थापित भएको हो, तर यतिबेला यो व्यवस्थामाथि कुना-कुनाबाट ढुंगा हान्ने काम हुदैछ। उहाले जनताद्वारा स्थापित लोकतन्त्रको खिलापमा लाग्ने दृश्य अदृश्य शक्तिसंग मुकाबिला गर्न तयार रहन आग्रह समेत गर्नु भयो।

नगर सभापति कश्यप पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस नेता प्रमोदहरि गुरागाईं, अच्युत पौडेल, जिल्ला उपसभापति ठाकुर न्यौपाने, सचिव माधव ढकाल, नेता रामहरी सापकोटा, क्षेत्रीय सभापति महेश खरेल, नेता सुन्दरमणि आचार्य, प्रदेश सभापति हेमबाबु लामा, नगर उपप्रमुख बिष्णुमणि नेपाल, लिला नेपाललगायतले पार्टीको पक्षमा बोलेका थिए।

कार्यक्रममा नेपाली कांग्रेस पार्टीको नगरस्तरीय भातृ एवं शुभेच्छुक संस्थाको गठन तथा रिक्त पदपूर्ति गरिएको नगर सचिव सुर्य ढकालले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments