बाल आश्रयस्थलमा टिपर पस्यो: सुतिरहेका दुई बालबालिका र एक वृद्धाको ज्यान लियो

काठमाडौं/ शंकरापुर नगरपालिका- ६ साँखु, सलम्बुटारस्थित बाल आश्रयस्थलमा टिपर पस्दा तीन बालबालिकाको ज्यान गएको छ।

द्वन्द्वपीडित तथा अपांग समाज नेपाल (सीभीडीएस)ले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान करिब ३:४० बजे बा २ क ६५८० नम्बरको टिपर बाटो छाडेर बेवारिसे बालबालिकाहरू बस्ने आश्रयस्थलको टहराभित्र छिर्दा सो दुर्घटना भएको हो।

प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपीलराज बोहोराका अनुसार टिपरको ठक्करबाट दुई जना बच्चा र एक वृद्ध गरी तीन जनाको मृत्यु भएको छ।

सो टहरोमा ६१ जना बस्दै आएका छन् । टिपरले ठक्कर दिएको कोठामा १० जना सुतिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयो ।

सुतिरहेको अवस्थामा टिपरको ठक्करबाट ठेगाना नखुलेका २१ वर्षीय आकाश, २१ वर्षीय सुमन र ४५ वर्षीय हरिजन घाइते भएका थिए । उनीहरुको नेपाल मेडिकल कलेज अत्तरखेलमा उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

टिपर चालक सिन्धुपाल्चोकका अन्जादी २५ वर्षीय सागर माझीलाई बौद्ध प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments