‘मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसा बढेको छ’

काठमाडौँ/ माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मनोरञ्जनका क्षेत्रमा काम गर्ने महिलामा हिंसाको समस्या बढेको बताउनुभएको छ ।

आज चलचित्र विकास बोर्डको सभाहलमा आयोजना गरिएको ‘महिला चलचित्र महोत्सव’ को समापन समारोहमा अध्यक्ष कोइरालाले काठमाडौँ उपत्यकामा मनोरञ्जनका क्षेत्र भनिने पब, लाउञ्ज, डान्स क्लबलगायत काम गर्ने अधिकांश किशोरीको उमेर १८ वर्ष रहेको र त्यहाँ हुने हिंसाका गुनासा बढिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपालबाट महिलाको बेचविखन गरेर विदेश लगिन्छ भनेर हामीले काम गरिरहेका छौँ । अहिले टोलटोलमा खुलेका डान्स क्लब, पब, लाउञ्जमा काम गर्ने केटीहरू साना उमेरका हुनुका साथै हिंसाको शिकार भइरहेका छन् । उनीहरू कुलतमा फस्ने गरेको गुनासो मैले सुनिरहेकी छु । यसमा हामीले ध्यान दिनु आवश्यक छ ।”

उहाँले आफूले यसका लागि काठमाडौँ महानगरपालिकासँगै अन्य सरोकारवाला निकायसँग छलफल गरे पनि परिणाम नदेखिएको बताउनुभयो । महिला हिंसा रोक्ने र सचेतना बढाउने विषयलाई चलचित्रमा स्थान दिन चलचित्रकर्मीलाई उहाँले आग्रह गर्नुभयो ।

चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले महिला सशक्त भएर आफ्ना आवाज बुलन्द रुपमा उठाउनुपर्छ भन्ने लागेर नै ‘महिला चलचित्र महोत्सव’ को आयोजना गरिएको बताउनुभयो ।

“हाम्रो उद्देश्य नै महिलाका समस्यामा छलफल होस् र त्यो विषयलाई चलचित्रका माध्यमले आम मानिससम्म पुर्याउन सकौँ भन्ने हो, विगत तीन दिनदेखि चलेको महोत्सवमा महिलाका विषयमा बनेका चलचित्र, महिलाले बनाएका चलचित्र र महिला केन्द्रित विषयमा अन्तरक्रिया गरेका छौँ । यसको सकारात्मक प्रभाव आगामी दिनमा उहाँहरूमा देखिन्छ भन्ने लागेको छ”, अध्यक्ष डिसीले भन्नुभयो ।

त्यसअवसरमा ‘महिला चलचित्रकर्मी सम्मान’ द्वारा अभिनेत्री करिश्मा मानन्धर, अभिनेत्री रश्मी भट्ट, अभिनेत्री पशुपति राई, अभिनेत्री थिन्ले ल्हामो, शृङ्गारिक शोभा श्रेष्ठ (मेकअप आर्टिस्ट), कलाकार तथा निर्देशक सरिता शाह र पत्रकार गीता अधिकारीलाई प्रदान गरियो । पुरस्कारको राशी रु २५ हजार रहेको छ ।

कार्यक्रममा सङ्गीतकार शम्भुजित बाँस्कोटा, अभिनेत्री भुवन चन्द, चैत्यदेवी, बसुन्धरा भुसाल, अभिनेता प्रदीप खड्का, निर्देशक दीपाश्री निरौलालगायत सहभागी हुनुहुन्थ्यो । अन्तरराष्ट्रिय नारी दिवसको अवसर पारेर गत फागुन २० गते मङ्गलबारदेखि सुरू भएको ‘महिला चलचित्र महोत्सव’ मा विभिन्न चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments

ट्रेन्डिङ न्यूजहरु

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

Plexbet Casino Italia scopri il brivido di vincere tra i sogni

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

NetBet Casino entfesselt aufregende Abenteuer im Spieluniversum

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Unlock Flavorful Journeys with the Chicken Road Adventure App

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

Zotabet Casino Unleashes Thrilling Adventures Beyond the Reels

अन्य न्यूजहरु

news