काठमाडौं/ नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशनबाट नारायणमान विजुक्छे पुनः अध्यक्षमा सर्वसम्मत चयन भएका छन्।
फागुन १६ गतेदेखि सुरु भएको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको हो। महाधिवेशनबाट चार वैकल्पिक केन्द्रीय सदस्यसहित ३३ सदस्यीय केन्द्रीय समिति सर्वसम्मत चयन गरिएको छ।
८५ वर्षीय विजुक्छे २०३१ माघ १० गते स्थापना भएको पार्टीको नेतृत्व गर्दै आएका छन्। पार्टी गठनदेखि हालसम्म भएका सबै आठवटा महाधिवेशनमा उनी सर्वसम्मत अध्यक्ष चयन हुँदै आएका छन्।
महाधिवेशनले प्रेम सुवाललाई पुनः सचिवमा र मोहनप्रसाद प्रजापतिलाई कोषाध्यक्षमा निर्वाचित गरेको छ।
महाधिवेशनबाट निम्न सदस्यहरू केन्द्रीय समितिमा चयन भएका छन्:
महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले पार्टीलाई आगामी दिनमा अझ बलियो बनाउने प्रतिबद्धता जनाएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित