काठमाडौं/ काठमाडौँ विश्वविद्यालय कर्मचारी संघ (कुसा)ले काठमाडौं विश्वविद्यालयको उपकुलपति छनौट प्रक्रियामा देखिएको ढिलाइ प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
एक विज्ञप्तिमार्फत कुसाले नियुक्तिमा ढिलाईसँगै विश्वविद्यालयका आन्तरिक विषयहरुलाई लिएर विभिन्न सामाजिक सञ्जाल तथा सञ्चार माध्यमहरूमा भ्रामक तथा प्रतिकूल समाचारहरू प्रकाशन भइरहेकोमा दुःख व्यक्त गर्दै यस्ता कार्यले संस्थाको प्रतिष्ठामा प्रत्यक्ष असर पुर्याउने खतरा देखिएको उल्लेख गरेको छ ।
कुसाका अध्यक्ष सुरेन्द्र केसी र महासचवि उमेश केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उपकुलपति पद रिक्त भएको एक महिना भन्दा बढी समय बितिसक्दा पनि खोज तथा सिफारिस समितिले उम्मेदवारको सिफारिस प्रक्रिया पूरा गर्न नसक्नु, त्यससँगै विभिन्न बाह्य पक्षहरूको हस्तक्षेपको आशङ्का हुनु, विश्वविद्यालयको प्रतिष्ठामा आँच आउने खालका गतिविधिहरू देखिनु र अनावश्यक रुपमा संस्थालाई विवादमा तान्ने प्रयास हुनु अत्यन्त दुःखद तथा चिन्ताजनक विषयहरु हुन् भनेको छ ।
कुसाले उपकुलपति पद रिक्त हुँदा विश्वविद्यालयको नियमित काम कारबाहीमा प्रत्यक्ष असर पर्ने कुरा स्मरण गराउँदै यथाशीघ्र आफ्नो जिम्मेवारी पूरा गर्न खोज तथा सिफारिस समितिलाई आग्रह गरिन्छ भनेको छ ।
कर्मचारी सङ्घ निष्पक्ष, पारदर्शी र विश्वविद्यालयको हितमा आधारित निर्णयको पक्षमा रहेको उल्लेख गर्दै उपकुलपति नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा उत्पन्न विवाद तथा विश्वविद्यालयका विषयमा सामाजिक सञ्जालमा प्रकाशित समाचारहरू प्रति चिन्ता व्यक्त गर्दै सरोकारवाला सबैलाई सचेत रहन समेत अनुरोध गर्दछौँ भनिएको छ ।
कुसाले विज्ञप्तिमा यथाशिघ्र उपकुलपतिको उपयुक्त उम्मेदवारहरू सिफारिस तथा छनौंटको लागि सम्माननीय प्रधानमन्त्री एवं कुलपतिज्युलाई ध्यानाकर्षणसमेत गराएको उल्लेख छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित