विश्वकप बिजेता बुफोन नेपाल आईपुगे


काठमाडौं । इटालीका विश्वकप विजेता गोलकिपर जियानलुइजी बुफोन नेपाल आएका छन् । राष्ट्रिय युवा संघको आयोजनामा भइरहेको केपी ओली कपको फाइनल खेलका निम्ति उनी नेपाल आएका हुन् ।


संघका उपाध्यक्ष तथा प्रवक्तासमेत रहेका कृष्णहरी केसीले आइतबार प्रतियोगिताका निम्ति बुफोन नेपाल आइसकेको जानकारी दिए ।
इटालीले सन् २००६ मा फ्रान्सलाई हराएर विश्वकपको उपाधि जित्दा बुफोन प्रतियोगिताको उत्कृष्ट गोलकिपर चुनिएका थिए । उनले इटालीबाट १७६ अन्तर्राष्ट्रिय खेलमा प्रतिनिधित्व गरेका छन् ।


सन् १९९७ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यू गरेका बुफोनले सन् २०१८ मा सन्न्यास लिएका थिए । उनले व्यावसायिक फुटबलबाट भने सन् २०२३ मा सन्न्यास लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments