सैन्य कुटनीति

भारतीय सेनाका पूर्व स्थल सेनाध्यक्षहरु स्वदेश फिर्ता

उक्त भ्रमणमा आउनुभएका जनरल (डा) मनोजमुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) फागुन १५ गते स्वदेश फिर्ता हुनुभएको थियो

काठमाडौँ / नेपाली सेनाको निमन्त्रणामा महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन नेपाल आउनुभएका भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू स्वदेश फिर्ता हुनुभएको छ ।

यही फागुन १३ गते नेपाल आउनुभएका नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका पूर्वस्थल सेनाध्यक्षहरू कार्यक्रमपश्चात आज स्वदेश फिर्ता हुनुभएको नेपाली सेनाले जनाएको छ । उक्त भ्रमणमा आउनुभएका जनरल (डा) मनोजमुकुन्द नरवणे (अप्रा) र जनरल मनोज पाण्डे (अप्रा) फागुन १५ गते स्वदेश फिर्ता हुनुभएको थियो ।

त्यस्तै जनरल जोगिन्दर जसवन्त सिंह (अप्रा), जनरल दीपक कपुर (अप्रा), जनरल (डा) विजयकुमार सिंह (अप्रा), जनरल दलवीर सिंह सुहाग (अप्रा) आज स्वदेश फिर्ता हुनुभएको हो । उक्त भ्रमण दलले नेपाली सेना स्थापनाको २६२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुनुका साथै विभिन्न ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थलहरूको समेत भ्रमण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments