काठमाडौँ/काठमाडौँ विश्वविद्यालयको प्राध्यापक संघ (कुपाण ले विश्वविद्यालयमा स्रोत जुटाउने र अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने व्यक्तिलाई उपकुलपति बनाउन अनुरोध गरेको छ ।
बिहीबार विज्ञप्ति निकालेर कुपाले स्रोत जुटाउने र अन्तर्राष्ट्रियस्तरमा चिनाउन सक्ने व्यक्तिलाई उपकुलपति बनाउन अनुरोध गरेको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘नयाँ उपकुलपति नियुक्त गर्दा उपकुलपतिको नियुक्ति कार्यविधि भित्र रहेर प्राध्यापक, कर्मचारी र विद्यार्थीको समस्या बुझेको, श्रोत जुटाउन सक्ने, विश्वविद्यालयलाई अन्तराष्ट्रिय स्तरको बनाउन सक्ने क्षमतावान् व्यक्तिलाई नै उपकुलपति नियुक्त गर्न अनुरोध छ।’
नयाँ उपकुलपतिको नियुक्ति लम्बिँदा प्राध्यापकहरुबीच नै असमञ्जस्यता, मनगढन्ते बयानबाजी एवं विवाद देखिएको भन्दै कुपाले ध्यानाकर्षण गराएको छ ।
‘गैर प्राज्ञिक गतिविधि बढेको तथा राजनीतिक खिचातानीको विषय बनाइएको लगायतका कारणले प्राज्ञिक वातावरण धुमिलिएको हुँदा अझै पनि विलम्ब नगरी तीन दिन भित्रमा आवश्यक प्रक्रियालाई टुङ्ग्याई नयाँ उपकुलपति छनौट गरी कार्य सम्पन्न गर्नुहुनका निम्ति काठमाडौं विश्वविद्यालय प्राध्यापक संघ हार्दिक अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।
तीन दिनभित्र उपकुलपति नियुक्त नगरे आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने समेत कुपाले चेतावनी दिएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित