पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय गरिएको छैन : सरकारका प्रवक्ता मन्त्री गुरुङ

काठमाडौँ / नेपाल सरकारका प्रवक्ता सूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरालाई पर्यटकीय राजधानी भनेर सरकारले निर्णय नगरेको बताएका छन् ।

पोखरामा आजदेखि सुरु भएको १२औँ लिटरेचर फेस्टिभलको उद्घाटन गर्दै प्रवक्ता गुरुङले सरकारले अहिलेसम्म पोखरालाई पर्यटकीय राजधानी भनेर निर्णय नगरेको बताएका हुन् ।

‘यहाँ मैले एउटा शब्द देखेको छु । पोखरा टुरिजम क्यापिटल अफ नेपाल भन्या छ । आजसम्म नेपाल सरकारले यो निर्णय गरेको छैन । हल्लाको कुरा हो । किनभने हल्लै हल्लाको देश हो भनेर भूपि शेरचनको कविता पढेकै हो । सरकारको क्याबिनेटले गर्नुपर्‍यो नि । आधिकारिक निर्णय त,’ उनले भने ।

गत चैत ४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments