काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सार्वजनिक यातायात र यातायात व्यवसायी समन्वय विभागका सदस्यहरुको मनोनयन गरेका छन् ।
सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं रहेको उक्त विभागलाई पूर्णता दिँदै १० जनालाई मनोनयन गरेका हुन् ।
विभागका सदस्यमा मनोनयन हुनेमा जमुनादेवी पोख्र्रेल, प्रवेश चौधरी, प्रकाशकुमार नेपाल, संगीताकुमारी थारु, केदारनाथ पौडेल, रामप्रसाद सुवेदी, नरबहादुर विश्वकर्मा (नविन), उमेश केसी, होमबहादुर कुँवर र राजकुमार गुरुङलाई मनोनित भएका छन् ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित