काठमाडौं/ सडक विभागका सूचना अधिकारी अमितकुमार शर्माका अनुसार बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्ग र पुल बनाउन बजेटको स्रोत सहमति भएको छ ।
जसमध्ये सरकारले बीपी राजमार्गलाई साढे आठ अर्ब बजेट दिने भएको छ । प्रारम्भिक अध्ययनअनुसार ९ अर्ब ६६ करोड लागत लाग्ने देखिएको थियो । तर, अहिले एक अर्ब बजेट घटेर स्रोत सुनिश्चितता भएको हो ।
कुल स्रोत सुनिश्चितता भएकामध्ये बीपी राजमार्गको भक्तपुर डिभिजनले हेर्ने सडक खण्डलाई सात अर्ब ५० करोड र खुर्कोट डिभिजनले हेर्ने सडक खण्डलाई एक अर्ब रहेको छ ।
यसमध्ये यी दुवै खण्ड निर्माणका लागि चालु वर्षमा एक अर्ब ७० करोड रुपैयाँ विनियोजन हुने भएको छ ।
यसैगरी अस्थायी सडक पुनर्निर्माणका लागि बीपी राजमार्गको दुवै खण्डमा २१ करोड २५ लाख रुपैँया विनियोजन हुने भएको छ ।
यस्तै बिपी राजमार्गको वैकल्पिक मार्ग भकुण्डे–तेमाल–सिन्दुरेटार सडक पुनर्निर्माणका लागि ४५ करोड स्रोत सुनिश्चित भएको छ । चालु आर्थिक वर्षका लागि ९ करोड विनियोजन भएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित