तत्कालिन नेकपा एमाले काभ्रेको सचिव भई १५ वर्ष जिल्लाको पार्टी नेतृत्व गरेका सापकोटा २०७० को संबिधान सभाको निर्वाचनमा काभ्रे क्षेत्र न ४ बाट एमालेको तर्फबाट बिजयी हुनु भएको थियो।
काठमाडौँ / संबिधान सभा सदस्य एवं नेकपा एकीकृत समाजबादी पार्टीका पोलिटब्युरो सदस्य बिदुर सापकोटाको निधन भएको छ।
काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका-७ नौबिसे निवासी सापकोटा अस्वस्थ भई काठमाडौँ चाबहिलस्थित हेल्पिङ्ग ह्यान्ड्स कम्युनिटी हस्पिटलमा भर्ना हुनुभएको थियो।
उपचारकै क्रममा आज बिहान ३ बजेर ४५ मिनेटमा उहाको निधन भएको पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिनु भयो।
दिवंगत सापकोटा मधुमेह र शीतज्वरोले ग्रसित भई अस्पताल भर्ना हुनु भएको थियो। उहाँ श्रीमती र एक मात्र छोरीसहित काठमाडौँमा बस्नुहुन्थ्यो।
तत्कालिन नेकपा एमाले काभ्रेको सचिव भई १५ वर्ष जिल्लाको पार्टी नेतृत्व गरेका सापकोटा २०७० को संबिधान सभाको निर्वाचनमा काभ्रे क्षेत्र न ४ बाट एमालेको तर्फबाट बिजयी हुनु भएको थियो।
स्वर्गीय सापकोटाको पार्थिव शरीर अहिले पशुपति आर्यघाटमा दाहसंस्कार भैरहेको छ। उहालाई छोरी बिभु सापकोटाले दागबत्ती दिएकी थिइन्। पत्नी भारती भेटवाल सापकोटा र दाजु अच्युत सापकोटाले दागबत्ती दिने क्रममा छोरी बिभुलाई साथ दिनु भयो ।
दाहसंस्कारमा सहभागी समाजबादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल एवं बेदुराम भुषाल, घनश्याम भुषाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधरसहितका केन्द्रिय नेताहरुले सापकोटाको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पणसहित श्रद्धान्जली दिएका थिए।
साथै, श्रद्धान्जलिका लागि काभ्रेबाट निर्वाचित प्रतिनिधि सभा सदस्यहरु गोकुल बाँस्कोटा र सूर्यमान दोङ, मिना तामाङ, संबिधान सभा सदस्य कृष्णप्रसाद सापकोटा, प्रदेश सभा सदस्यहरु रत्न ढकाल, कन्चन बादे र लक्ष्मण लम्साल, कांग्रेस केन्द्रिय सदस्य तथा पूर्व सांसद शिब हुमागाईं, पूर्व प्रदेश मन्त्री बसुन्धरा हुमागाईं, एमाले केन्द्रिय सदस्य तथा पूर्व सांसद नविना लामा, पूर्व सांसद शिबबहादुर देउजा, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतम, मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाइबा, नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामा, एमाले जिल्ला अध्यक्ष राजन भुर्तेल, कांग्रेसका जिल्ला सचिव माधब ढकालसहितका जनप्रतिनिधि एवं हजारौंको संख्यामा मलामीको सहभागिता रहेको थियो।
काठमाडौँ/ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सहइन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति दुःख प्रकट गर्नुभएको छ ।
अध्यक्ष नेपालले आज एक विज्ञप्ति जारी गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरी प्रगतिशील तथा वामपन्थी आन्दोलनका नेता सापकोटाको निधनले आफूलाई स्तब्ध बनाएको उल्लेख गर्नुभएको छ ।
लोकतन्त्र स्थापनाका लागि सापकोटाले पुर्याएको योगदानको स्मरण गर्दै उहाँले कम्युनिष्ट आन्दोलनले एक अथक योद्धा तथा देशले असल र इमान्दार नेता गुमाएको बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले जनप्रतिनिधिका रुपमा उहाँले नेपालको प्रगतिशील आन्दोलन, समाज विकास र रुपान्तरणमा गर्नुभएको योगदानलाई उच्च सम्मानसहित स्मरण गर्दै आदर्शको अनुसरण गर्नुपर्नेमा जोड दिनुभयो ।
कलेजोसम्बन्धी रोगले ग्रस्त ५९ वर्षीय सापकोटाको उपचारका क्रममा आज बिहान करिब ४ बजे चाबहिलको हेल्पिङह्यान्ड अस्पतालमा देहावसान भएको हो । उहाँको श्रीमती र एक छोरी हुनुहुन्छ ।
सापकोटाको निधनका कारण प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित गरिएको छ । बैठक शुक्रबार र शनिबार बस्ने जनाइएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित