तेमालमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु

काभ्रेपलाञ्चोक / जन्ती पुर्याएर फर्किएको बस तेमाल गाउँपालिका–३ स्थित कुन्डोलमा दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ। आज बिहान भएको दुर्घटनामा परि अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार तेमाल गाउँपालिका–१ का ५० वर्षीय रामसिंह तामाङको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मिन बहादुर घलेका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बसका चालक मकवानपुरको बागमती गाउँपालिकाका ५० वर्षीय कृष्ण ब्लोनको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments