नेपाली काँग्रेस काभ्रेको घुम्ती बैठक तालढुङ्गामा सम्पन्न

काभ्रेपलाञ्चोक/ नेपाली काँग्रेस काभ्रेको जिल्ला कार्यसमिति बैठक फागुन २ गते शुक्रबार खानीखोला गाउँपालिकाको केन्द्र तालढुंगामा सम्पन्न भएको छ ।

२०८० चैत्र २ गते जिल्ला कार्यालय बनेपामा बसेको बैठकले प्रत्येक स्थानीय तहमा प्रत्येक महिनाको २ गते नियमित घुम्ती बैठक सञ्चालन गर्ने निर्णय अनुसार यस पटक खानीखोला गाउँ कार्यसमितिका सभापति एवं गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बाकोसहितका पदाधिकारीको व्यवस्थापनमा बैठक बसेको हो ।

नेपाली काँग्रेस काभ्रेका सभापति तीर्थ लामाको सभापतित्वमा बसेको बैठकले पार्टीको समीक्षासँगै आगामी दिनमा जिल्ला कार्यसमितिले सम्पन्न गर्नु पर्ने कार्यक्रमहरु तय भएका थिए । बैठकका क्रममा खानीखोला गाउँपालिकाको वस्तुस्थिति, पार्टी सदस्यको मनस्थिति, सांगठनिक अवस्थाका साथै जनप्रतिनिधिसंग अन्तरक्रिया गरी सल्लाह, सुझाव समेत संकलन गरिएको छ ।

बैठकमा काँग्रेस केन्द्रको परिपत्र अनुसार जिल्लामा सञ्चालित १०० दिने अभियानको गहन रुपमा समीक्षा भएको थियो । अभियान सम्पन्न हुनमा प्राविधिक कारणले बाँकी रहेका र छुटेका वडाहरुमा यही हप्ताभित्रमै सम्पन्न गर्न तोकिएका पदाधिकारीलाई बैठकले निर्देशन दियो ।

Lahachhap

यस्तै, पदपूर्ति गर्न बाँकी रहेका भातृ संगठन र शुभेच्छुक संस्थाहरुमा यथाशीघ्र कार्य सम्पन्न गर्ने निर्णय भएको छ ।

बैठकमा उपसभापतिद्वय ठाकुरप्रसाद न्यौपाने र रमेश हुमागाईं, काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामा, सचिवद्वय माधव ढकाल र गुणराज मुक्तान, पार्टी प्रवक्ता सन्त तामाङ, सहसचिवद्वय रबिन्द्रनाथ सिग्देल र समीर ब्याञ्जु श्रेष्ठ, लगायत जिल्ला कार्यसमितिका सबै पदाधिकारीहरु सहभागी हुनुहुन्थ्यो ।

खानीखोला गाउँ कार्यसमितिका सभापति दोर्जेमान जिम्बाले जिल्ला कार्यसमितिको घुम्ती बैठकलाई सबैले विकट भन्दै आएका डाँडापारीको तालढुंगामा आयोजना गर्न पाएकोमा जिल्ला कार्यसमिति, उपस्थित सबै पदाधिकारी र काँग्रेसीजनका साथै शुभेच्छुकहरुलाई धन्यवाद दिनु भयो ।

बैठकलगत्तै स्थानीयवीच अन्तरक्रिया

खानीखोला गाउँपालिकाका नेपाली काँग्रेसका क्रियाशील सदस्यहरु, गाउँ कार्यसमितिका पदाधिकारीहरु र पार्टीको तर्फबाट विजयी जनप्रतिनिधिहरुको सहभागितामा अन्तरक्रियासमेत आयोजना गरिएको थियो ।

Lahachhap

काँग्रेस जिल्ला सभापति एवं बागमती प्रदेश सभा सदस्य तीर्थ लामाको प्रमुख आतिथ्यताको सो अन्तरक्रियामा विशेषतः पार्टीका स्थानीय तहसम्मकै समितिहरु विधानत सञ्चालन भइ रहे या नरहेका बारेमा चर्चा भए । विधानत चल्नमा आएका समस्याहरुमा जिल्ला तहबाट सहजीकरण भए । यस्तै, पार्टीको तर्फबाट विजयी जनप्रतिनिधिहरुले जनअपेक्षा अनुसार काम गर्न सकेको या नसकेकोबारेमा छलफल भए ।

Lahachhap

खानीखोला गाउँ कार्यसमितिका सभापति दोर्जेमान जिम्बाको अध्यक्षताको अन्तरक्रियामा काँग्रेस प्रतिनिधि सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाले विकास निर्माणका कार्यहरुमा पारदर्शिता काँग्रेसले मात्रै गर्न सक्ने बताउनु हुँदै दृष्टान्तका रुपमा त्यसको अगुवाई डाँडपारी क्षेत्र र महाभारत क्षेत्रको विकासको काम काँग्रेसकै अगुवाई भएको दाबी गर्नु भयो ।


Lahachhap

अन्य पार्टी परित्याग गर्दै काँग्रेसमा प्रवेश

पछिल्लो समय विभिन्न पार्टी परित्याग गर्दै नेपाली काँग्रेसमा प्रवेश गर्ने र काँग्रेसले लिएको मार्गमा समाहित हुने नेताहरुको आकर्षण बढेको छ । यो क्रम १०० दिने अभियानमा पनि जिल्लाभर नै देखियो ।

Lahachhap
Lahachhap

यसै क्रममा खानीखोलामा आयोजित जिल्ला कार्यसमिति बैठककै अवसरमा नेकपा एमाले तथा नेकपा माओवादी केन्द्र परित्याग गरी काँग्रेसमा खानीखोलाका नेता तथा युवाहरु प्रवेश गर्नु भएको छ ।

यसरी प्रवेश गर्नुहुनेहरु मोतीलाल घिसिङ, बाबुलाल लोप्चन, कान्छा थोकर, कान्छाराम ब्लोन, सुन्तली ब्लोन, सुजन ब्लोनलाई सभापति लामाले टिका तथा खादासहित स्वागत गर्नुभयो ।

Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments